ओम अस्पतालमा कार्यरत एक कर्मचारी ४ दिन देखि वेपत्ता, खोज्न सहयोग गर्न युनियनको अपिल
कपन अनलाइन
काठमाडौं ,भाद्र ३१।
ओम अस्पतालमा कार्यरत एक कर्मचारी वेपत्ता भएपछि अस्पताल कर्मचारी युनियनले खोजि कार्यमा सहयोग गरिदिन अपिल गरेको छ ।
काठमाडाैंको कुमारीगलमा बस्ने ५५ वर्षीय विना श्रेष्ठ घरबाट बिहान ९ः३० मा अफिस जान्छु भनेर आएपनि सोहि दिनदेखि हराइरहेकाले खोजि कार्यमा सहयोग गर्न कर्मचारी युनियनले अपिल गरेको छ ।
ओम अस्पताल कर्मचारी युनियनका अध्यक्ष केशव प्रसाद चाैलागाईले एक विज्ञप्ति जारी गर्दै उनलाई कसैले फेला पारेमा नजिकैको प्रहरी वा सम्पर्क गर्न अपिल गरेका हुन् । हाउस किपिङ विभागमा कार्यरत श्रेष्ठ भदाै २८ गतेदेखि हराइरहेको अध्यक्ष चाैलागाईले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।