बुढानिलकण्ठ -१० का ९० परिवारलाई खुशी फाउन्डेसनको खाद्यान्न सहयोग

बुढानिलकण्ठ -१० का ९० परिवारलाई खुशी फाउन्डेसनको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,भाद्र ३१ /बिबेक पनेरु

कोरोना महामारीको कारण लामो समयसम्म गरिएको लकडाउनले रोजगार गुमाएका र आर्थिक अवस्था कमजोर भएकालाई मध्यनजर गर्दै मंगलबार बुढानिलकण्ठ नगरपालिका वडा -१० को विशेष  पहल र यूवा संजालको सहजीकरणमा  खुशी फाउन्डेसनले  खाद्यान्न सहयोग गरेको छ । यस राहत वितरण कार्यक्रमा आर्थिक अवस्था निकैनै कमजोर  भएका वडा -१० का करिब ९० घरपरिवारलाई सहयोग गरिएको हो  ।

सो अवसरमा  वडाले पहिचान गरेका परिवारहरुलाई  चामल ,तेल, चिउरा, आलु जस्ता घराएसि खाद्यान्न वितरण गरिएको थियो। कोरोना महामारी र लकडाउनले खान लाउन गार्हो परेको अवस्थामा सहयोग पाएपछि राहत पाउनेहरुको अनुहारमा एकदमै खुशी र हर्षित भएको देखिन्थ्यो।

सो अवसरमा  वडा नं-१०का वडा अधक्ष्य नवराज भटराईले कोरोना महामारीको कारणले गरिबीको चपेटामा परेकालाई खाद्यान्न  सहयोग गरेकोमा आशा फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।

(बिबेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।