बुढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको शंख्या ३ सय ६३ पुग्यो

बुढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको शंख्या ३ सय ६३ पुग्यो

कपन अनलाइन

काठमाडौं ,भाद्र ३०।

बुढानीलकण्ठ नगरपालिकामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भाद्र २९ र ३० गते  १९ जना थप संक्रमित थपिए सँगै  कुल संक्रमित संख्या ३६३ पुगेको छ।

भाद्र २९ र ३० गते थपिएका  संक्रमितहरु वडा नं ४, ७, ८, ९, १०, ११ र १२ का रहेका छन्। नगरपालिकामा थपिएका संक्रमितहरुमा वडा नं ४ पासिकोटकी  २६ वर्षिया एक महिला ,वडा नं ७ हेपाली हाइटका ३७ वर्षिया एक पुरुष र  वडा नं ८ मण्डिकाटारका  ४१ वर्षिया एक पुरुष रहेका छन।

त्यस्तै  वडा नं ९ शान्ति कोलोनीकी  ३२ वर्षिया एक महिला, मण्डिकाटारकी  २२ वर्षिया एक महिला, सुकेधाराका  ५८ वर्षिया एक पुरुष र वडा नं १० मिलनचोकका  २८ र ४१ वर्षिया दुई पुरुष, बालुवाखानीकी  ४१ वर्षिया एक महिला, पञ्चकन्या चोकबाट ५६ वर्षिया एक पुरुष, निलोपुलका  ३८ र ३३ वर्षिया दुई पुरुषमा संक्रमण देखिएको छ भने वडा नं ११ कपनका  ३७ वर्षिया एक पुरुष पनि संक्रमित भएका छन।

वडा नं १२ का ट ३४ वर्षिया एक पुरुष, फैका चोकका  २२ वर्षिया एक महिला र ३६ वर्षिया एक पुरुष, शाकुरा होटल नजिकका  ५१ वर्षिया र ३२ वर्षिया दुई महिला, २८ वर्षिया पुरुषमा पनि संक्रमण देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

त्यस्तै नगरपालिकामा भेटिएका संक्रमितहरुमध्ये पछिल्लो ४८ घण्टामा  १७ जनाले कोरोनालाई जितेका छन।

तपाइँको प्रतिक्रिया ।