अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई दुई कास्यपदक

अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई दुई कास्यपदक

कपन अनलाइन

काठमाडौं ,भाद्र ३०।

अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई दुई कास्यपदक प्राप्त गरेको छ।

सेप्टेम्बर ७ देखि १३ सम्म कोरोना महामारीका कारण अनलाइन मार्फत संचालन भएको अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा अर्जुन सापकोटा र जीवन महर्जनको  नेतृत्वमा  नेपालका रिशभ पाण्डे र मनोजनाथ योगीले  कास्यपदक जितेका हुन्  ।

फाइनेंसियल लिटिरेसी गेम, इकोनोमिक्स टेस्ट र विजनेश केश एनालाइसिस गरि तीन विधामा प्रतिस्पर्धा भएको ओलम्पीयाडमा समग्रतामा नेपालका तर्फ बाट दुई जनाले कास्यपदक जितेका हुन्।

कास्यपदक विजेता पाण्डे ग्लोवल कलेज अफ मेनेजमेण्ट र योगी ग्लोवल इन्टरनेशनल कलेजका छात्र हुन् । पाण्डे र योगी द्वयलाई पदक जिताउन अन्य टिमका सदस्यहरु जीवन खड्का, निष्ठा श्रेष्ठ र सुशील खनाल योगदान रहेको थियो ।

 

गत फेब्रुअरी १४ देखि १६ सम्म राजधानीको युलेन्स स्कूलमा सम्पन्न भएको नेपाल इकोनोमिक्स ओलम्पियाड २०२० राष्ट्रिय प्रतियोगिता विजेता ५ बिधार्थी अन्तरराष्ट्रिय ओलम्पीयाडमा सहभागी भएका थिए | बाकी विद्यार्थीको प्रदर्शन उत्कृष्ट रहदा रहदै केहि विधामा राम्रो अंक ल्याउन असफल भएका हुन् | तसर्थ सम्पूर्ण सहभागीको प्रस्तुति प्रशंशा योग्य छ | गत बर्ष नेपालले एक कास्यपदक जितेको थीयो भने यो बर्ष दुईटा जित्न सफल भएको छ |

 

२९ देश सहभागी प्रतियोगितामा ब्राजिल प्रथम, इन्डोनेसिया दोश्रो र रसिया तेश्रो भएको थियो | नेपाल टिम प्रतिस्पर्धामा १५ औं स्थानमा रह्यो |

तपाइँको प्रतिक्रिया ।