सामुहिक बलात्कार गरेको आरोपमा चम्पादेवी -९ ओखरेनी तिन जना प्रकाउ

 सामुहिक बलात्कार गरेको आरोपमा चम्पादेवी -९ ओखरेनी  तिन जना प्रकाउ

कपन अनलाइन

काठमाडौं ,भाद्र ३०।

सामुहिक बलात्कार गरेको आरोपमा चम्पादेवी गाउँपालिका  बाट ३ जना पक्राउ परेका छन् ।१६ वर्षीया पीडित बालिकाका आफन्तका अनुसार उनलाई ३ जनाले मिलेर भदौ २४ गते सामुहिक रुपमा बलात्कार गरेका हुन् । आरोपितहरु सोही गाउँपालिका वडा नं. ९ ओखरेनी  का हुन् ।

घटना सार्वजनिक भएपछि पीडित पक्षको उजुरीका आधारमा सोमबार दुई जना बालकसहित ३ जनालाई घरबाटै पक्राउ गरिएको छ । प्रहरी चौकी घोराखोरीको टोलीले आरोपित लाई पक्राउ गरि जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले जानकारी दिएका छन  ।

घटना अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वस्नेतको भनाइ छ । बालिकाको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको र जाहेरी दर्ता भइसकेको छ  ।

उक्त  घटनामा १४ र १६ वर्षका दुई तथा १८ वर्षका एकजना संलग्न रहेको प्रहरीले जानकारी दिएको छ।

नोट: वडा नं ९ हुनुपर्नेमा यस अघि ८ भएकोमा सच्चाइएको छ

तपाइँको प्रतिक्रिया ।