पछिल्लो २४ घण्टामा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौँ, भाद्र ३० पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा ४४६ पहिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

उनीहरुमध्ये ३७१ जनाको मृत्यु भएको छ । ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६२ जना डिस्चार्ज भएको छन् ।देशभरमा १५ हजार ७७९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि संक्रमण देखिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।