टोखा नगरपालिकाले घरमै आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई पोषण खर्च दिने
कपन अनलाइन
काठमाडौं भाद्र ३०। टोखा नगरपालिकाले नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कोरोना भाईरस कोभिड-१९ बाट संक्रमित भई घरमा नै आइसोलेशनमा बस्ने व्यक्तिहरुलाई पोषण खर्च वापत् प्रति व्यक्ति प्रति दिन रु.३५०/- का दरले १४ दिनको जम्मा रु ४९०० प्रदान गर्ने भएको सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ।
कोभिड-१९ संक्रमित भई घरमा नै आइसोलेशनमा बएको १५ दिन पूरा भएका व्यक्तिहरुले सो बमोजिमको रकम भुक्तानीका लागि नागरिकताको प्रतिलिपि र पी सी आर परिक्षण गरेको पहिलो रिपोर्ट (पोजेटिभ देखिएको) सहित नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।