लायन्स तथा लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर द्वारा बौद्ध प्रहरीलाइ स्वास्थ्य सुरक्षाका सामग्री प्रदान

लायन्स तथा लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर द्वारा बौद्ध प्रहरीलाइ  स्वास्थ्य सुरक्षाका सामग्री प्रदान

कपन अनलाइन

काठमाडौं भाद्र २९। सामाजिक क्षेत्रमा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको  लायन्स तथा लियो  क्लब अफ काठमाडौं गोकर्णेश्वरले  महानगरीय प्रहरी वृत्त बौद्धलाइ स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।

सोमबार लायन्स तथा लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरले  डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल ,पुर्व डिस्ट्रिक गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्टृक कोर्डिनेटर लायन कुमार राज सुवेदी , जी एम टि लायन धर्म शरण श्रेष्ठ, लायन पूर्ण तामांग, लायन विष्णुभाइ श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट सुमन तिवारी लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थितिमा  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि अग्र मोर्चामा खटिएका प्रहरीलाइ सर्जिकल मास्क, संक्रमण नियन्त्रण सफाइ रसायन क्लोरिन झोल लगायतको सामग्री प्रदान गरिएको थियो ।उक्त कार्यक्रमको लागि जोन चियर पर्सन लायन भरतशर्मा एमजेएफले सर्जिकल मास्क सहयोग गरेका थिए ।

सामग्री बुझ्दै प्रहरीले  यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले लायन्स क्लबले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।