शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुग्यो

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुग्यो

कपन अनलाइन

काठमाडौं भाद्र २९।शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । नगरपालिकाका स्वाथ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईले वडा नं ९ मा १ जना ,वडा नं ७ मा २ जना, त्यसैगरि वडा १ मा २ जना र वडा नं ३ मा १ जना  गरि हाल सम्म कोरोना संक्रमितको संख्या ६ जना पुगेको कपन अनलाइनलाइ जानकारी गराए।

कोरोना भाइरस मुक्त नगर  भएको केही दिन नपुग्दै पुन शंखरापुर नगरपालिकामा कोरोना संक्रमित देखीएका हुन।  स्वास्थ्य शाखा प्रमुखका चापागाईका  अनुसार संक्रमितहरुले स्वयं बिभीन्न अस्पतालमा गरेको परिक्षणको नतिजा पोजेटिभ आए संगै अहिले नगरपालिकाले कन्ट्याक्ट  ट्रेसिंगको कार्य अघि बढाएको जानकारी गराएका छन।

उनले निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न बिना काम भिड भाडमा नजान ,जानै परे पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन  र सम्भव भएसम्म २ मिटरको दुरी कायम गरि बिशेष सतर्कता अपनाउन पनि अनुरोध गरेका छन्। उनले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय नभएको भन्दै आम नगरबासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गरेका छन  ।

 

तपाइँको प्रतिक्रिया ।