गोकर्णेश्वर नगरपालिका वडा नं ४ले बिभिन्न स्थानमा गुर्जो रोप्ने

गोकर्णेश्वर नगरपालिका वडा नं ४ले बिभिन्न स्थानमा गुर्जो रोप्ने

कपन अनलाइन

काठमाडौँ, भाद्र २८। गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उचित स्थानमा गुर्जोको बिरुवा रोप्ने भएको छ। वडा अध्यक्ष श्री कुमार श्रेष्ठले  बागमती किनारमा गुर्जो रोप्ने कार्यक्रम अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं.४ को बागमती किनारको उचित स्थानमा रोप्नको लागि ५४० बोट बिरुवा प्राप्त भएको  जानकारी गराएका हुन् । उनले सो बिरुवा उपलब्ध गराएकोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति तथा सामाजिक अभियन्ता केशव पुडसैनी, उत्तम पुडासैनी लगायतलाइ धन्यबाद दिएका छन् ।

गुर्जो औषधीय गुणले भरिपूर्ण टिनोस्पोरिन, कार्डिफोलाइड्स, पिक्र्रोटिन जस्ता रासायनिक तत्वहरु पाइन्छन् । गुर्जोको जुस सेवनबाट ज्वरो, रुघाखोकी, , महिनावारी गडवडी, मानसिक समस्या लगायत धेरै रोगहरुलाई प्रत्यक्ष रुपमा निको पार्न सहयोग गर्दछ ।गुर्जोले हाम्रो शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ जसले गर्दा महामारीको रुपमा रहेको कोरोना सहित अन्य घातक रोगसँग लड्न सहज हुन्छ । त्यसैले गुर्जोको प्रयोग वैज्ञानिक र आयुर्वेदिक तरिकाले गर्न सके बिभिन्न रोगसँग लड्न सकिने भएको ले पनि गुर्जो रोप्न लागिएको वडा अध्यक्ष श्रीकुमार  श्रेष्ठले जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।