Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119087210_979243142539005_776499169329851577_o-e1599977673982.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119137630_3851602048200513_8905866025160411537_o-e1599977733153.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर ८ मा आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र २८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सहयोगमा मासिक सय अभियान ,गोकर्णेश्वर एकता समाज र बेंशीगाउ दाजु भाइ सहकार्यको संयुक्त आयोजनामा शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सरस्वती माध्यमिक बिध्यालय बेंशीगाउमा बिहान ११ बजे देखि  आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गरेको सो रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको मासिक सय अभियानका अध्यक्ष संजय पोखरेलले कपन अनलाइनलाइ बताए।  उनले मासिक सय अभियानले बिभिन्न संघ संस्थाहरु संग समन्वय तथा सहकार्य गर्दै बिभिन्न समयमा रक्तदान कार्यक्रम  गर्दै  आएको जानकारी गराउदै अर्को हप्ता गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी चोकमा रक्तदान गर्न लागेको जानकारी गराए ।उनले सो रक्तदान कार्यक्रम सहभागी भई रक्तदान गर्न समेत उनले अनुरोध गरेका छन्  ।

कोरोना भईरस (कोभिड–१९) को संक्रमणको जोखिमको बिषम परिस्थितिमा पनि मानविय सेवाको भावनाबाट उत्प्रेरित भई रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्ने  सम्पूर्ण रक्तदाताहरुलाइ  आयोजकको तर्फ बाट उनले  धन्यबाद दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।