हात्तीगौडा रक्तसंचार कोषको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हात्तीगौडा रक्तसंचार कोषको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,भाद्र २८।

१०८ औं बि. पि जयन्तीकोको अवसरमा हात्तीगौडा रक्तसंचार कोषको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । खड्का भद्रकाली न्यु भिजन क्लबमा बिहान ८ बजेदेखि १२ बजेसम्म भएको उक्त रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान  गरेका थिए।

कार्यक्रममा पुर्ब रक्षा मन्त्री तथा सांसद  भिमसेनदास प्रधान,  हात्तीगौडा रक्तसंचार कोषका संस्थापक श्याम बहादुर खड्काको पनि उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कोरोनाको संक्रमण बडिरहेको बर्तमान जटिल अवस्थामा मानिसलाई रगतको झन् बढि अभाव भएको हुनाले र प्रत्येक मानिसले ३ महिनामा १ पटक रक्तदान गर्नुपर्ने मा  कोषका निबर्तमान अध्यक्ष  राजु भण्डारीले बताएका छन।

तपाइँको प्रतिक्रिया ।