ओखलढुंगाको लिखु गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा २ जना घाइते

ओखलढुंगाको लिखु गाउँपालिकामा  बोलेरो दुर्घटना हुँदा २ जना घाइते

कपन अनलाइन

ओखलढुंगा ,भाद्र २८।

ओखलढुंगाको लिखु गाउँपालिका बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शनिवार  बिहान गाँउपालिकाको वडा नम्बर ८ को चेपढुंगामा बोलेरो दुर्घटना हुँदा ४६ बर्षका पूर्णबहादुर खड्का र बोलेरो धनी दलबहादुर खत्री घाइते भएका हुन् ।

दुर्घटनका घाईते पुर्णबहादुर खड्काको अवस्था भने गम्भिर रहेको वडाअध्यक्ष विशालकुमार पौडेलले जानकारी दिए । खड्काका टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

शनिवार बिहान दैनिक उपभोग्य सामाग्री लिनका लागि पोखरीडाँडाबाट शिरिसे जाँदै गरेको बा २१ च ४५३७ नम्बरको बोलेरो वडा नम्बर ८ को चेपढुंगामा अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटना पछि बोलेरो चालक मोलुङ गाँउपालिका ६ श्रीचौरका २४ बर्षिय एकबहादुर तामाङ भने फरार भएका छन् । घाईतेको उद्धार गरि उपचारका लागि पठाईएको र फरार चालकको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले बताए ।

घाइतेहरुको रामेछापको शिरिसे स्थित एक स्वास्थ संस्थामा उपचार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।