गणेशमान सिंहको २३ औँ स्मृति दिवसमा टोखामा रक्तदान सम्पन्न

गणेशमान सिंहको २३ औँ स्मृति दिवसमा टोखामा रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौं ,भाद्र २८।

नेपाली कांग्रेस टोखा नगरपालिका–१०, काठमाडौंको आयोजनामा नेपाली कांग्रेसका संस्थापक नेता एवम् २०४६ को जनआन्दोलनका कमाण्डर तथा लौहपुरुष स्वर्गीय गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बाँनियाको प्रमुख आतिथ्यमा शनिवार सामाखुशीमा रहेको स्काई पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा स्वर्गीय गणेशमान श्रेष्ठको तस्वीरमा माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कोरोना महामारीको समयमा रगतको अभाव हुँदा उपचारमा कठिनाई भैरहेकोले नेपाल रेडक्रस सोसाइटीसंगको समन्वयमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा ७० जनाले रक्तदान गरेको टोखा नगरपालिका–१० का इकाई सभापति तेज प्रसाद सेढाइले बताएका छन  ।

सो रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभासद् जीवन डंगोल, नेपाली काँग्रेस तारकेश्वर नगरपालिका सभापति श्रीकृष्ण थापा, नेपाल रेडक्रस काठमाडौं जिल्ला उप–सभापति कमल नकर्मी समेतको उपस्थित थिए।

 

तपाइँको प्रतिक्रिया ।