चन्द्रागिरि नगरपालिका वडा नं २को एकै परिवारका ३ जनामा कोरोना पुष्टी

चन्द्रागिरि नगरपालिका वडा नं २को एकै परिवारका ३ जनामा कोरोना पुष्टी

कपन अनलाइन

काठमाडौँ, भाद्र २६ ।  चन्द्रागिरि नगरपालिका वडा नं २ ले सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष गोपी सुर्खेती द्वारा  भाद्र २५ गते  जारी गरेको सो सूचनामा  चन्द्रागिरि नगरपालिका वडा नं २ साबिक वडा नं ७ मा रहेको इन्द्रबासुकी टोल (टुटेपानी)मा बसोबास गर्ने एकै परिवारमा ३ जना व्यक्तिमा कोरोना पुष्टि हुन आएको हुँदा सो ब्यक्तिहरु हाल त्रिभुवन शिक्षण अस्पताल माहाराजगंजमा आइसोलेसनमा रही उपचार गराईरहेको उल्लेख गरिएको छ ।

भने सो सुचनामा संक्रमितको   सम्पर्कमा आएका वडाका मानिसहरु १४ दिन सम्म होम क्वारेन्टाइनमा बस्ने र बिचमा लक्षण तथा चिन्हहरु देखिएमा वडा कार्यालयमा तुरुन्त सम्पर्क  गर्न अनुरोध गरिएको छ। साथै सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण टोलबासीहरुले उच्च  स्वास्थ्य सुरक्षा  सतर्कता  र साबधानी पनाउन समेत अपिल गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।