कागेश्वरी मनोहरा नगरपालिकाले छिमेकी नगरबासीको पनि कोरोना परिक्षण गर्ने

कागेश्वरी मनोहरा नगरपालिकाले छिमेकी नगरबासीको पनि कोरोना परिक्षण गर्ने

कपन अनलाइन

काठमाडौँ, भाद्र, २६ ।  कागेश्वरी मनाहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कोरोना संक्रमित भइ घरमै आइसोलेसनमा रहेकाहरुलाई राति वा दिनको समयमा बढी ज्वरो आएमा स्वास प्रस्वासमा गाह्रो भएमा कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालको ०१-४१५३५९३ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

उनले नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिरहेको हुँदा  आफुसंग सवारी साधन नभएमा उक्त नम्वरमा टेलिफोन गरि एम्बुलेन्स मगाई तत्काल सेवा लिन उनले अनुरोध गरेका छन्। त्यसैगरि  नगरपालिकाले मिति २०७६ चैत्र १२ गते देखि २४ सै घण्टा मुलपानी नगर अस्पताल संचालन गर्दै आएको जानकारी गराउदै  उक्त अस्पतालमा अक्सिजन सिलिन्डरको व्यवस्था समेत गरिएको जानकारी गराएका छन् ।

यदि कसैलाई एक्कासी ज्वरो आएमा, सहन नसक्ने गरि जिउ दुखेमा अथवा कोरोना शंका लागेमा नगर अस्पतालमा परिक्षण गराउन सकिने जानकारी गराएका छन ।उनले मुलपानी नगर अस्पतालमा हप्ताको प्रत्येक सोमबार र शुक्रबार ९ बजे देखि १ बजे सम्म पि सी आर परिक्षणका लागि स्वाब संकलन गर्ने गरेको जानकारी गराएका छन  ।

यदि कुनै कोरोना  संक्रमित लाई डेडीकेटेड एम्बुलेन्स चाहिएमा समेत ०१-४१५३५९३ मा सम्पर्क गरि प्रयोग गर्न सकिने  उल्लेख गरेका छन् । त्यस्तै उनले कुनैपनी लक्षण नदेखीई अथवा संक्रमित संग सम्पर्क भएको  ७ दिन पछि मात्र पिसीआर परिक्षणको लागि स्वाब संकलनका लागि नगर अस्पतालमा आउन अनुरोध गरेका छन् ।  उनले माथि उल्लेखित सेवा छिमेकी नगरपालिका र महानगरपालिकाका  वडा बासीहरूले समेत लिन सक्ने  जानकारी गराएका छन् । उनले थप जानकारी आवश्यक भएमा आफ्नो मोबाइल नं  ९८५१०-२७१२१ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।