भगवती युवा क्लब गोकर्णेश्वर ९को आकस्मिक रक्तदान सम्पन्न

भगवती युवा क्लब गोकर्णेश्वर ९को आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र २६ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल स्थित  शंखडोल डोजो हलमा आकस्मिक रक्तदान सम्पन्न भएको छ ।  भगवती युवा क्लबको आयोजना तथा ब्लड डोनर एसोसिएस नेपाल  (ब्लोदान)को आव्हान तथा   रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा बिहिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

 बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना  गरिएको  भगवती युवा क्लबका अध्यक्ष संजय बि कले जानकारी गराए । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्य सहित  कार्यक्रम आयोजना गरेको उनले  प्रष्ट पारे ।

कोरोना महामारीका सरकारले लागु गरेको निषेधाज्ञाका कारण स्वास्थसंस्थाहरुमा रगतको अभाव बढ्दो क्रममा छ,  सोहि रगत अभाबलाइ केहि भए पनि पूर्ति गर्न सहयोग पुगोस भन्ने उदेश्यले आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले बिहान  ११ बजे देखि दिउसो २ बजे सम्म   संचालन  भएको सो रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको ज समेत उनले बताए। रक्तदान गर्न धेरैले  नाम दर्ता गरे पनि स्वास्थ्य लगायत विभिन्न कारणले गर्दा ४२ जनाले मात्र रक्तदान गरेको उनले जानकारी गराए। उनले विषम परिस्थितिमा रक्तदान गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

 कार्यक्रममा भगवती युवा क्लवका अध्यक्ष सञ्जय नेपाली ,शंखडोल डोजोका प्रमुख शिवराम कारन्जित ,ब्लोदानका केन्द्रीय सदस्य बाल कृष्ण श्रेष्ठ  सहित आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।