कपन जोरधारामा बिजोग !

कपन जोरधारामा बिजोग !

कपन अनलाइन

काठमाडौं ,भाद्र २६।

यो तस्विर बुढानिलकण्ठ नगरपालिका कपन क्षेत्रका हजारौ स्थानीयहरुलाई खानेपानीको सुविधा उपलव्ध गराउदै आएको पुरानो संस्था कपन जोरधारा खानेपानी संरक्षण संस्थाको हो।

सप्ताह महायज्ञ लगाएर संकलित रकमले स्थापना गरिएको सो संस्थाले १ हजार भन्दा बढी घरधुरीहरुलाई खानेपानी वितरण गर्दै आएको छ। यो संस्थाले बोरिङ खनेको स्थानमा निर्माण गरेको पानीको धारा सहितको मुर्ति र यस वरिपरी रहेको संरचनाको संरक्षणमा लापरवाही गर्दा जनताले तिरेको रकमको दुरुपयोग भएको गुनासो स्थानीयहरुले गरेका छन।

तर सो क्षेत्रमा सडक र बोरिङ  विस्तारको क्रम शुरु भए संगै सो क्षेत्रका संरचनामा असर परेको छ। सो सडक विस्तारका क्रममा संस्थाले अधिकतम संरचनाहरु जोगाउन आवस्यक सतर्कता नदेखाउदा निकै सुन्दर संरचना नस्ट भएको भन्दै स्थानीयहरुले दुख व्यक्त गरेका छन ।

पहिलेको संरचना :

कपन क्षेत्रमा खानेपानीको सेवा उपलव्ध गराउनका लागि स्थानीयहरुको पहलमा दुई वटा ट्युबवेल खनेर शुरु गरिएको यो योजना अहीले निकै ठुलो पूर्वाधारमा विकास र विस्तार भैसकेको छ।

 

तपाइँको प्रतिक्रिया ।