कोरोना संक्रमणका कारण बुढानिलकण्ठका एक व्यक्तिको मृत्यु, मृतकको शंख्या ४ पुग्यो

कोरोना संक्रमणका कारण बुढानिलकण्ठका एक व्यक्तिको मृत्यु, मृतकको शंख्या ४ पुग्यो

कपन अनलाइन

काठमाडौं ,भाद्र २६।

कोरोना संक्रमणका कारण बुढानिलकण्ठका एक व्यक्तिको मृत्यु भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ४ पासिकोट बस्ने वर्ष ५९ का एक व्यक्तिको कोरोना संक्रमणका कारण बलम्बुमा रहेको शशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो।

उनको  निदान अस्पतालमा उपचार हुन नसके पछि १४ गते बलम्वुमा भेन्टिलेटरमा राखेर  उपचार गरिएकाे थियाे । काेराेनाका कारण निमाेनिया भएपछि उनको मृत्यु भएकाे अस्पतालका प्रबक्ता एसपी प्रविन नेपालले जानकारी दिएका छन।

यो संगै बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको शंख्या ४ पुगेको छ। बुढानिलकण्ठमा  हाल सम्म संक्रमितको  शंख्या  ३०९ जना रहेको छ भने  १३३ जनाले कोरोनालाई जितेर स्वास्थ्य भएका छन।फोटो :रोसन दानी

 

तपाइँको प्रतिक्रिया ।