कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रबासमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने

कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रबासमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने

कपन अनलाइन

काठमाडौँ, भाद्र २६ ।  कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न सहयोग पुगोस भनेर कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित मनास्लु वल्ड स्कुलमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने भएको छ। रोटरी क्लब अफ काठमाडौं नर्थको आयोजना तथा बिभिन्न संघ संस्था आयोजक रहेको बिहान १० बजे देखि १ बजे सम्म  सुरक्षित तवरले आकस्मिक रक्तदान कार्यक्रम आयोजना  गर्न लागिएको आयोजकले जनाएको छ ।

रोटरी क्लब अफ काठमाडौं नर्थ आयोजक रहको सो कार्यक्रममा जया मल्टिपल क्याम्पस माकलबारी, बाल संसार सेकेन्डरी स्कुल माकलबारी मनास्लु वल्ड स्कुल भद्रबास , त्रिबेणी युवा क्लब भद्रबास ,हजुरको त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, त्रियोकाब बचत तथा ऋण सहकारी संस्था सह आयोजक रहेर गर्न लागिएको सो कार्यक्रममा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।