कागेश्वरी मनोहरा नगरपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

कागेश्वरी मनोहरा नगरपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं,भाद्र २५। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कोभिड १९ बाट  ५ पुरुष र १ जना महिला गरि  थप ६  जना  संक्रमित  भएका छन्।नगरपालिकालले बैशाख १ गते देखि  भाद्र २४  गते सम्मको कोरोनाको अवस्थाको  सार्वजनिक  गर्दै सो को जानकारी दिएको हो  ।

उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिकामा थप  ५ पुरुष र १ जना महिला गरि  कुल ६  जना थप  संक्रमित भएको उल्लेख गरिएको छ  भने २ जना कोरोना जितेर फर्किएको जनाइएको छ।त्यसैगरि सो सुचनामा हाल सम्म २१०८ जना पुरुष र ९७३जना गरि कुल ३०८४ जनाको को पिसिआर परिक्षण गरिएको उल्लेख गरिएको छ ।त्यस्तै अहिले सम्म १३४४ जनाको आर डीटि गरिएको र हाल आर डीटि परिक्षण बन्द गरिएको जनाइएको छ ।

त्यसै गरि हाल सम्म १०६जना पुरुष र ५२ जनामहिला  गरि कुल १५८ जनामा कोरोना संक्रमित देखिएको र ७३ जना पुरुष र ३६  जना महिला गरि कुल १०९ जना कोरोनालाइ जितेर घर फर्किएको उल्लेख गरिएको छ। हाल सम्म एक जना महिलाको कोरोना बाट सो नगरपालिकामा मृत्यु भएको जनाइएको छ ।त्यसै गरि नगरपालिकामा अस्पतालको आइसोलेसनमा  ३ जना पुरुष   रहेको  र घरमै सेल्फ आइसोलेसनमा  ३३ जना पुरुष र १२ जना महिला गरि कुल ४५ जना  रहेका को पनि जानकारी गराइएको छ।

त्यस्तै वडा गत संक्रमितको संख्या यस प्रकार रहेको उल्लेख गरिएको छ। वडा नं १ मा  जम्मा संक्रमित ५ जना भएकोमा ५ जनाले नै कोरोना जित्न सफल भएका छन ।त्यसै गरि २ नं वडामा ३ जना संक्रमित देखिएकोमा ३ जनाले नै कोरोना जितेको  उल्लेख गरिएको छ भने वडा नं ३ मा ३ जना कोरोना संक्रमित मध्ये १ जनाले कोरोना जितेका छन।त्यसैगरि वडा नं ४ मा ६ जना कोरोना पुष्टि भएकोमा ४जनाले कोरोना जितेको र २जनासक्रिय संक्रमित रहेको  उल्लेख गरिएको छ। त्यस्तै वडा नं ५मा ७जन संक्रमितमा ७ जनाले नै कोरोना जितेका छन् भने वडा नं ६मा २९  जना संक्रमित रहेकोमा १२ जनाले कोरोना जितेको र हाल १९ जना सक्रिय संक्रमित रहेको  उल्लेख गरिएको छ ।

त्यसै गरि वडा नं ७ मा ३२ जना संक्रमित मध्ये २३ जनाले कोरोना जितेको र हाल ९ जना सक्रिय संक्रमित रहेको उल्लेख गरिएको छ ।त्यस्तै वडा नं ८ मा १३ जना संक्रमित रहेकोमा ९ जनाले कोरोना जितेर फर्किएका छन् भने ४ जना सक्रिय संक्रमित रहेको उल्लेख गरिएको छ।त्यसैगरि वडा नं९ मा  ५५ जना संक्रमित मध्ये ४० जनाले कोरोना जितेर फर्किएको र हाल ५ जना सक्रिय संक्रमित रहेको जनाइएको छ भने अन्य ५ जना मध्ये ५ जनाले कोरोना जितेर फर्किएको उल्लेख गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नगरबासीलाई बचाउनका लागि हर संभव प्रयास गरिरहेको बताउदै नगर प्रमुख  कृष्ण हरि थापाले कोभिडबाट सर्तक भई सुरक्षित रहनका लागि स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न नगरबासी आग्रह गरेका छन ।उनले लक डाउन हटे पनि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र सामाजिक दुरी कायम गर्न समेत आम नगरबासीलाइ अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।