रावारेनुका दिदीबहिनी समुहको “SMS कोरोना बाट बच्ने साँचो हो ” अभियान

रावारेनुका दिदीबहिनी समुहको “SMS कोरोना बाट बच्ने साँचो हो ” अभियान

कपन अनलाइन

काठमाडौं ,भाद्र २५।

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय भवन भित्र प्रवेस गर्ने वितिकै भर्याङको भित्तामा राखिएको एउटा ब्यानरमा सबैको आँखा पुग्छ। त्यो ब्यानरमा लेखिएको छ SMS कोरोना बाट बच्ने साँचो हो। Social Distanching , Mask र sanitizer  नै कोरोना बाट बचाउने मुख्य कुरा हुन् भन्ने यो अभियानलाई रावा रेनुका दिदीबहिनी  समुहले संचालन गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले उपप्रमुख रमा राई सहितको उपस्थितिमा ब्यानरको विषय बाचन गरेर शुभारम्भ गरिएको  यस अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाका साबि वडा र स्वास्थ्य चौकी सहित चाबहिल,गौसला ,माइतिघघर ,थापाथली ,रत्नपार्क ,चक्रपथ ,बानेश्वर ,कोटेश्वर सहित काठमाडौंका मुख्य चोक र अस्पतालहरुमा सचेतना मुलक प्रचारात्मक सामाग्री राखिएको छ।

खोटांग जिल्लाका दुई प्रमुख नदि रावा र रेनुकाको नाम बाट संचालन भएको सो अभियानमा अहिले १०० भन्दा बढी सदस्य रहेको अध्यक्ष दिपा गुरुङले जानकारी दिएकी छन।  उनले  कोरोना भाइरस  संक्रमण ,रोकथाम र नियन्त्रणका लागि विभिन्न क्षेत्रहरूबाट आग्र मोर्चामा रहेर सक्रिय   ब्याक्तिहरुको मनोबल उच्च पार्दै  जनमानसमा  जनचेतना फैलाउने  उद्धेश्यका साथ सप्ताह ब्यापी अभियान संचालन गरेको बताएकी छन।

तपाइँको प्रतिक्रिया ।