मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको रक्तदान कार्यक्रम सम्पन्न

मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,भाद्र २३।

मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको आयोजनामा भएको  रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी काठमाडौंका अध्यक्ष तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य कृष्ण राई ,बागमती प्रदेस सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौला ,जिसस काठमाडौं सदस्य तथा फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारी ,नेकपा गोकर्णेश्वरका अध्यक्ष उद्दव बिस्ट लगायतको उपस्थितिमा भएको उक्त रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए।

कोरोना प्रकोपका कारण विरामी बढे संगै रगतको अभाव भएको अवस्थामा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमममा रक्तदान र सहयोग गर्नेहरुलाई धन्यवाद दिदै मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरका अध्यक्ष केशव सिंखडाले आगामी दिनमा अझै रचनात्मक कार्यहरु संचालन गर्ने जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।