ओखलढुंगाका नेता तथा पत्रकार सहित ९ जनामा कोरोना संक्रमण

ओखलढुंगाका नेता तथा पत्रकार सहित ९ जनामा कोरोना संक्रमण

कपन अनलाइन

ओखलढुंगा ,भाद्र २३ ।

ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुख  र नेपाली कांग्रेसका जिल्ला सभापति  सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सहित उनको परीवारका ३ जना सदस्यमा समेत कोरोना देखिएको छ । त्यस्तै जिल्लाका १ जना पत्रकारमा समेत संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । नयाँ संक्रमित सबैलाई रुम्जाटार अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको  छ ।

पछिल्लो समय पठाइएको ८१ वटा स्वाब मध्ये १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीले बताए । उनका अनुसार ९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका सकृय संक्रमितहरुकै रिपोर्ट पोजेटिभ आएको हो ।

मंगलबार आएको रिपोर्टमा सुनकोशी गाँउपालिकाका सबैभन्दा धेरै ५ जना, खिजिदेम्बा गाँउपालिकाका १ जना, मानेभञ्ज्याङ गाउपालिकाका १ जना र जिल्लामा सरुवा भएर आएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै दिन १२ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सबैलाई सतर्क रहन आग्रह गरेको छ । भेटघाट र भिडभाड नगर्न आग्रह गर्दै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले संक्रमितहरु बढी घुमफिर गरिरहेका हुन सक्ने भएकाले सम्पर्कमा रहेकाहरुले स्वाब परीक्षण गराउनुपर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।