सिन्धुपाल्चोकमा लकडाउनको मोडालीटी परिवर्तन
कपन अनलाइन
सिन्धुपाल्चोक ,भाद्र २३ /दिपक विक्रम देउजा
सिन्धुपाल्चोकमा लागु भइरहेको लकडाउन मोडालीटी परिवर्तन सहित भदौ ३१ गते सम्म हुने भएको छ । जिल्लामा कोराना भाइरसको सङ्ख्या बढ्दै गएपछि जिल्ला विपत व्यवस्थापन समितिले भदौ १ गते बाट लागु हुने गरि लकडाउन गरेको थियो तेस्रो पटक थपिएको समय भोलि सकिदैछ ।
भदौ २४ गते बाट लागुहुने गरि गरिने लकडाउनमा पहिले भन्दा बजार र पसलहरु खोल्ने समय परिवर्तन गरिएको छ। बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म बजारका सबै पसलहरु खोल्न पाइने छ।
तर पसल खोल्दा व्यापारीले ले स्वास्थ्य को मापदण्ड अनिवार्य लागु गर्नु पर्नेछ भने तोकिएको स्वास्थ्य मापदण्डअनुसार बजार खोले नखुलेको बारे जिल्ला उधोग वाणिज्य संघले गर्ने छ भने यदि मापदण्ड नअपनाको पाइएमा कार्बाही हुनेछ ।
मंगलबार बार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले लकडाउन खुकुलो गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन।सवारी साधन संचालन र अन्तर जिल्ला आवतजावतमा भने यस अघिकै नियम लागुहुने छ।
तपाइँको प्रतिक्रिया ।