कोरोना प्रकोप अनि फिजियोथेरापी

कोरोना प्रकोप अनि फिजियोथेरापी

कपन अनलाइन

काठमाडौं ,भाद्र २३/सुवर्णा थापा क्षेत्री

आज सेप्टेम्बर ८ तारिक, विश्व भरका फिजियोथेरापिष्टहरुले विश्व फिजियोथेरापी  दिवसका रुपमा मनाउँदै आइरहेका छन् । प्रत्येक वर्ष झै यस वर्ष डब्लुसीपीटीले यो दिवस मनाउनका लागि रिह्याविटेशन आफटर कोभिड भन्ने थिम दिएको छ ।
फिजियोथेरापी  भनेको एक उपचार पद्धती जसले उचित शारीरिक क्षमता मुल्याङ्कन गरी मानिसको जिवनस्तर (क्वालिटी अफ लाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथामका साथै बचाउन र लागि सकेकालाई त्यस समस्याबाट बाहीर निस्कन र जसको विभिन्न रोगका कारण शारिरीक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यक्तिहरुलाई पुनस्थापना  गरी दैनिकी लाई सहज र सक्षम बनाउन मद्दत गर्दछ ।

तर आज यो समय सम्म आईपुग्दा जनमानसमा फिजियोथेरापी उपचार पद्धतीका बारेमा त्यती राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिस मात्र नभई कतिपय स्वास्थ्यकर्मीहरुलाई पनि फिजियोथेरापीको बारेमा पुर्ण ज्ञान भएको पाइँदैन ।फिजियोथेरापी ढाड, कम्मर, घुँडा दुखेका, मुख बाङ्गीएका, प्यालाइसिस भएका व्यक्ति  र छातीमा खकार जमेका व्यक्ति  मात्र नभई हरेक व्यक्तिलाई आवश्यक छ, चाहे त्यो व्यक्ति   बच्चा होस वा बृद्धा, चाहे गर्भवती होस वाबच्चा जन्माई सकेकी महिला, चाहे सामान्य सल्यक्रिया गर्नु अगाडीका विरामी होस वा सल्यक्रिया पश्चातका विरामी, चाहे आईसीयूमा भर्ना भएका विरामी होस या सामान्य उपचार गराइरहेका विरामी सबैलाई फिजियोथेरापी  नितान्तआवश्यक छ । मात्र यति फरक छ, सबै समस्याका लागि एकै प्रकारको कसरत नभई प्रत्येक समस्याका लागि  व्यक्तिको समस्या र शारीरिक क्षमता जाँच र मुल्याङ्कन गरी उपयुक्त  कसरत गराई उपचार गरिन्छ ।
आज विश्व विनासकारी कोभिड–१९ (कोरोना भाइरस)को महामारीसँग सामना गर्दै जुधिरहेको छ । २०१९ को डिसेम्बरमा चीनको बुहान सहरबाट सुरु भएको यो रोग विश्वको २०० भन्दा बढि देशमा फैलिसकेको छ । लाखौँ मानिसले आफ्नो ज्यान गुमाइसकेका छन भने लाखौँ मानिस यस रोगबाट संक्रमित भएका छन र संक्रमितको संख्या दिनानुदिन  बढ्दै गएको देखिन्छ । यस रोगको प्रकृती सरुवा भई, संक्रमित व्यक्ति  बाट अरु सम्पर्कमा आएका व्यक्तिहरुलाई सर्ने भएकोले यस रोग सर्न नदिनका लागि मास्कको प्रयोग गर्ने, साबुनपानीले राम्रो सँग मिचेर हातधुने र सामाजिक दुरी कायम रहेको छ ।

यसका साथै संक्रमण भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राखि कोभिड जाँच गर्ने र संक्रमित व्यक्तिको पहिचान गरी आइसोलेशनमा राखि उपचार गर्ने गरिएको छ ।

विभिन्न अनुसन्धानको तथ्याङ्क हेर्ने हो भने ] ( National Program for Prevention and Control of Cancer, Diabetes, Cardiovascular Disease and Stroke)NPCDC का अनुसार सिक्किममा Diabetes Mellitus (मधुमेह) १३.६७% र उच्च रक्तचाप १८.१६% छ जुनभारतको अन्य राज्यहरुमाभन्दाउच्च छ ।
प्रत्येक देशले यो रोग फैलन नदिन राष्ट्रिय स्तरमा लकडाउन गरी आएका छन् । कतिपय राष्ट्रहरुले यहि उपाय र विभिन्न पद्धतीको प्रयोग पछि दैनिक जीवनमा विभिन्न सावधानी अपनाई सामान्य दैनिक क्रियाकलापमा फर्कन सकेका छन् भने केही राष्ट्रहरु त्यही जमर्कोमा छन् त केही लकडाउनकै यथावस्थामा रही आएका छन् ।

यस महामारीका बेलामा प्रत्येक राष्ट्रले संक्रमण रोकथामका लागिऔल्याएको लकडाउन सहरानिय  छ तर त्यही लकडाउनका कारण अन्यनसर्ने रोग (नन् कम्युनेबल डिजिज)को प्रकोप भने बढ्ने सम्भावना देखिन्छ ।
यस कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बेलामा अरु स्वास्थ्यकर्मी जस्तै फिजियोथेरापिष्टहरुले पनि उल्लेखनिय भुमिका निर्वाह गरिरहेका छन् । जो व्यक्ति  उकास्न मद्दत गरीरहेको छ ।
लकडाउनका समयमा मानिसहरु बाहीर नगई घरमै बस्ने भएकोेले शारिरीक क्रियाकलापमा कमीआएको छ । दैनिक मजदुरी गरी आफ्नो दैनिक रोजीरोटी गर्नेहरुको आयश्रोतको बाटो ठप्पभएको छ भने व्यापार व्यवसायगर्ने व्यक्तिको व्यापार ठप्प भएको छ ।

जसका कारण मानिसमा मानसिक तनाब (डिप्रेशन) बढेको देखिन्छ । लकडाउनको समयमा मानिसको खानपानको तौर तरिका परिवर्तन भएको छ, साथै मद्यपान र धुम्रपान  पनि बढ्दो अवस्थामा छ । यी उल्लेखित लकडाउनबाट भईरहेका असामान्य रहन सहनले हाम्रो शरीरमा नकारात्मक असर पर्न सक्छ ।

मुटु रोग आजविश्वमा एक मुख्य मृत्युदरको कारण बनिरहेको छ जसमा मुटु र रगतका नलीहरुमा लाग्ने रोगहरु पर्दछन् । जस्तै हृदयघात र मस्तिस्क पक्षघात जसको मुख्य कारणहरु मधुमेह, उच्चरक्तचाप र अत्यधिक मोटोपना आदी हुनु भने यस्तो हुनुमा मानिसको न्युन शारिरीक क्रियाकलाप, मद्यपान, ध्रुम्रपानले यस्ता रोगहरु बढाइ रहेका छन् ।

आजको यस अवस्थामा कोरोना भाइरसको संक्रमण रोकथामका साथै लकडाउनका कारण आउन सक्ने अरु सम्भावित समस्यालाई कम गर्नका लागि हामी सबै शारिरीक रुपमा क्रियाशील रहन अत्यावश्यक देखिन्छ । शारिरीक व्यायमले हाम्रो शरिरमा राम्रो हर्मनको उत्पादनमा मद्दत पुर्याउछ  जसले आलश्यता, थकान र दुर्बल्तालाई कमगर्न टेवा पुर्याउछ  ।

साथै हाम्रो शरिरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्न पनि मद्दत गर्दछ । शारिरीक व्यायमले शरिरको तौल घटाउन र तौल नियन्त्रण गर्न पनि सहयोग गर्छ । हामीले खाएको खानामा रहेको ग्लुकोजलाई प्रयोगमा ल्याई रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्दछ । जसका कारण हामीलाई हुन सक्ने मुटु रोगको क्षतीलाई न्युनगर्न सक्छौ ।

अमेरिकन कलेज अफ स्पोर्टस मेडिसिनका अनुसार १८ देखि ६९ वर्ष सम्मका व्यक्तिहरुले Moderate Intensity Aerobic १५०–३०० मिनेटहप्तामा ५ दिनगर्नु पर्दछ ।

Aerobic मा जस्तै  Cycling, Jogging, Walking, Swimming आदि  पर्दछ । Strengthening Exercises जस्तै सामान्यतौल प्रयोग गरी गरिने कसरतहरु हप्तामा २ देखि ३ दिनगर्नु पर्दछ । मांसपेशीतन्काउने कसरत ५ देखि ७ दिनगर्नु पर्दछ । तर यस लकडाउनका कारण हामीजिम र जुम्बा सेन्टर र अस्पतालमा फिजियोथेरापिष्टको परामर्श लिन जान नसकेको अवस्थामा हामीले घरमै कसरत गर्न सक्छौँ ।

जस्तै Aerobic exercise मा  marching on place, sit to stand (मेचमा उठबस), dancing etc, Strengthening Exercises मा सामान्य पानीको बोतल प्रयोग गर्न सक्छौँ र साधारण मांसपेशी तन्काउने कसरत गर्न सक्छौँ ।
यी माथि उल्लेखित शारिरीक व्यायमका साथसाथै आफ्नो खानपिनमा पनि ध्यान दिनुस, व्यायम गरौँ, स्वस्थ्य बनौँ, आफ्नो दैनिक क्रियाकलापमा आवश्यक सावधानी अपनाऔँ, जस्तै मास्क लगाउने, सामाजि दुरी कायम गर्ने, हात धुने, आवश्यक परेको खण्डमा मात्र घरबाट बाहीर निस्कने, घरमै शारिरीक व्यायम गर्ने, अवश्यनै हामी एकजुट भई कोभिड–१९ सँग लड्न सक्छौ, अवश्यनै जित्न सक्छौँ ।

( क्षेत्री सिक्किम मनिपाल यूनिभरर्सिटी कलेज अफ फिजियोथेरापि स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छन)

तपाइँको प्रतिक्रिया ।