गोकर्णेश्वर ८ माकलवारीमा हुनेले दिएर जाऊ,नहुनेले लिएर जाऔं’ भन्ने अभियान संचालन

गोकर्णेश्वर ८ माकलवारीमा हुनेले दिएर जाऊ,नहुनेले लिएर जाऔं’ भन्ने अभियान संचालन

कपन अनलाइन

काठमाडौं, भाद्र २३ । कोरोना महामारीको  कारण सिर्जना भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण काम गर्ने अवसर नपाएर समस्यामा परेका गरिब, विपन्न तथा असहाय नागरिकलाई विषम परिस्थितिमा भोकै बस्न नपरोस् भन्ने उद्देश्यले उन्नति जागरण महिला समूह गोकर्णेश्वर ८ ले  माकलवारीमा हुने खानेले हुँदा खानेलाई हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ फुड बैंक स्थापना गरी सहयोग  गर्न थालेको छ ।

ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी सोमबारदेखि उक्त अभियान शुरु गरिएको हो ।सोमबार वाट शुरु गरिएको सो अभियानमा बिपी संग्राहलय समितिका अध्यक्ष परशुराम पोखरेलले बढ्दो जोखिम परिस्थितिका बेला यस कार्यले हुँदा खानेका लागि ठूलो राहत पुग्ने  बिश्वास ब्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता प्रकाश अधिकारीले संकटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नहुन भन्ने अभिप्रायले सुरु गरिएको अभियानको प्रसंशा गर्दै  ‘ ‘संकटमा बाँडीचुँडी खानुपर्ने भावना पैदा समेत अभियानले गराउने बिश्वास ब्यक्त गरे ।’कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण श्रम बाट बन्चित र दैनिक ज्याल मजदुरी गर्नेहरुलाइ छाक टार्न समेत मुस्किल भएको अवस्थालाई विचार गर्दै संचालन गरिएको सो अभियानमा  सक्ने मनकारी व्यक्तिहरुले सहयोग  गर्न सक्ने  उनले बताए ।

तस्तै हुनेले अनेक खाने नहुनेले खानै नपाउने स्थिति हाम्रो समाजमा छ । हामीले कसैलाई त्यो नखानु यो मात्रै खानु भनेर भन्दैनौं, ‘बरु एक दिन त्यो नखाएर अभियान मार्फत नहुनेलाई सहयोग  गरिदिन  उन्नति जागरण महिला समूहले  अनुरोध गरेको छ ।

फोटो : सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।