Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/118879885_3828347993859252_3714015332638633617_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/118790665_3828348210525897_4523071161624541157_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

अरुणोदय माध्यमिक बिध्यालय आरुबारीमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन  

काठमाडौं भाद्र २१ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित अरुणोदय माध्यमिक बिध्यालय परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मासिक सय अभियान र  आरुबारी हातेमालो युवा समुहले  रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा  भाद्र २० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना  गरेको हो ।

बिहान ८  बजे देखि११ बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन  भएको उक्त रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको मासिक सय अभियानका संजय पोखरेलले कपन अनलाइनलाइ जानकारी गराए  ।

कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।