चाडै कोरोना पराजित गरेर नागार्जुन नगरवासीको सेवामा आउनेछु : नगर प्रमुख मोहन बस्नेत

चाडै कोरोना पराजित गरेर नागार्जुन नगरवासीको सेवामा आउनेछु : नगर प्रमुख मोहन बस्नेत

कपन अनलाइन

काठमाडौं ,भाद्र २१।

नागार्जुन नगरपालिकाका प्रमुख  मोहन बस्नेतले कोरोना भाइरस कोभिड – १९ बाट बच्न र सुरक्षित रहन नगरपालिकाका आम नागरिकमा हार्दिक अपिल गरेका छन  ।

कोरोना संक्रमण देखिए पछी  आफ्नै निवासमा “होम आइसोलेसनमा ” रहेका प्रमुख  बस्नेतले आफू सुरुमा केही अप्ठ्यारो भएता पनि अहिले राम्रो भैरहेको जानकारी दिएका छन।

नागार्जुन नगरपालिकाका प्रमुख  बस्नेतले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय होइन रहेछ भन्दै सबै साथीभाइहरु आम नगरबासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिलगरेका छन  ।

प्रमुख  बस्नेतले आफ्नो परिवारको स्वास्थ्य ख्याल राख्दै सकभर घरबाट बाहिर ननिस्कन , माक्स , सेनिटाइजर र पंजाको नियमित प्रयोग गर्न समेत सबैलाई अपिल गर्दै “होम आइसोलेसन “मा नै रहेका नागार्जुन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकीको पनि स्वास्थ्य लाभको कामना गरेका छन।

सबै नगरवासीको सामुहिक पहलकदमी र एकीकृत प्रयासले मात्र कोरोना संक्रमणलाई रोक्न सकिने भन्दै नगर प्रमुख बस्नेतले आफु चाडै कोरोना पराजित गरेर पुन नगरवासीको सेवामा सक्रिय हुने विस्वास व्यक्त गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।