काठमाडौंका दुई नगरपालिका जसले चुनौतीलाई अवसरमा परिणत गरे

काठमाडौंका दुई नगरपालिका जसले चुनौतीलाई अवसरमा परिणत गरे

कपन अनलाइन

काठमाडौं ,भाद्र २१।

काठमाडौंका दुई नगरपालिकाले कोरोना प्रकोपको  चुनौतीलाई अवसरमा परिणत गरेका छन। कोरोना प्रकोप नियन्त्रण र रोकथाम अभियानमा सक्रिय रहेका काठमाडौं जिल्लाका टोखा र कागेश्वरी मनोहरा नगरपालिकाले यो चुनौतीपूर्ण अवस्थालाई अवसरमा परिणत गर्दै आफ्नो नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालको सेवा र क्षेत्र विस्तार गरेका छन।

तत्काल कोभिड -१९ नियन्त्रण तथा परिक्षण सहित आइसोलेसन केन्द्रका रुपमा रहेका ति स्वास्थ्य संस्थाको क्षेमता वृद्धि र सुविधा विस्तार भने अन्य समयलाई समेत मध्ये नजर गरेर गरिएको छ।

काठमाडौं उपत्यकामा पहिलो पटक कोरोना संक्रमित भेटिएको कागेश्वरी मनोहरा नगरपालिकाले यस अवधिमा मुलपानी प्राथमिक अस्पतालमा अक्सिजन प्लान्ट,कोरोना डेडीकेटड एम्बुलेन्स,नगरपालिकाका प्राविधिकहरुको सहयोगमा स्वाव संकलन यन्त्र , सैया थप संगै भेन्टिलेटरको सुविधा समेत विस्तार गरेको छ भने सो अस्पतालको सेवा विस्तार गर्दै नियमित रुपमा PCR परिक्षणलाई पनि जोड दिदै आएको छ।

त्यस्तै टोखा नगरपालिकाले पनि यो विषम परिस्थितिमा आफ्नो नगरपालिकामा रहेको टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य चौकीलाई अस्पतालमा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर अगाडी बढाएको छ। हाल आइसोलेसन केन्द्रका रुपमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई प्रदेस मातहतको अस्पताल बनाउने बागमती प्रदेस सरकारको निर्णय संगै उत्साहित बनेको नगरपालिकाले सो केन्द्रमा थप सामाग्री तथा सेवा विस्तारको काम शुरु गरिसकेको छ।

नगर कार्यपालिका बाट सो केन्द्रलाई मुख्य स्वास्थ्य संस्थाको रुपमा विकास गर्ने निर्णय गरेको टोखा नगरपालिकाले थप जनशक्ति र सुविधाका लागि प्रक्रिया समेत अगाडी बढाईसकेको छ।

 

तपाइँको प्रतिक्रिया ।