गोकर्णेश्वर नगरपालिका ४ उत्तरबाहिनी चोकमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका ४ उत्तरबाहिनी चोकमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं भाद्र २१।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकमा  आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं सिम्रिक लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर तथा लायन्स क्लब अफ काठमाडौं गुप्ती गणेशको आयोजना तथा गोकर्णेश्वर युवा जागरण क्लबको सहयोगमा  रक्तदान कार्यक्रम आयोजना  गरिएको हो ।

शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकमा  बिहान १० बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन  गरिएको सो रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।

कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना  गरिएको बताउदै रक्तदान गर्न इच्छुक भए पनि धेरै ब्यक्तिको स्वास्थ्य तथा अन्य कारणले गर्दा रक्तदान गर्न नपाएको उनले बताए।महामारीको समयमा पनि रक्तदान गर्ने सबैलाई आयोजकले धन्यबाद दिएका छन् ।सो कार्यक्रममा  लायन्स पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी ,लायन रेमश लामा,आयोजक संस्थाका पदाधिकारी  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।