कागेश्वरी मनोहरा नगरपालिकाका थप ४ जनामा कोरोना संक्रमण  पुष्टि

कागेश्वरी मनोहरा नगरपालिकाका थप ४ जनामा कोरोना संक्रमण  पुष्टि

कपन अनलाइन

काठमाडौं, भाद्र २१। कागेश्वरी मनोहरा नगरपालिकामा भाद्र २० गते थप ४ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ  ।२ पुरुष र २ महिला गरि थप ४ जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।त्यसै गरि नगरपालिकाले २०७७ भाद्र २० गते सम्ममा २०४४ पुरुष र् ९३६ जनाको गरि कुल २९८० जनाको पिसीआर परिक्षण गरेको जानकारी  गराएको छ। त्यस मध्ये ९० जना पुरुष र ४७ जना महिला गरि कुल १३७ जना कोरोना संक्रमित रहेकोमा ५३जना पुरुष र २८ जना महिला गरि कुल ८४ जनाले कोरोना जितेका जनाएको छ हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा १ जना कोरोना संक्रमितको  मृत्यु भएको छ ।

त्यसै गरि नगरपालिकाले वडागत रुपमा कोरोना बिवरण समेत सार्वजनिक गरेको छ ।जस अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा ५ जना संक्रमित भएकोमा ४ जना कोरोना जित्न सफल भएको र १ जना सक्रिय संक्रमित रहेको जनाइएको छ। त्यसै गरि वडा नं २ मा  कुल ३ जना कोरोना संक्रमित फेला परेकोमा ३ जना नै कोरोना जित्न सफल भएका छन। त्यस्तै वडा नं ३ मा हाल सम्म २ जनामा कोरोना संक्रमण भएको र त्यस मध्ये १ जना कोरोना जितेर फर्किएका छ र एक जना सक्रिय संक्रमित रहेको जनाइएको छ।

त्यस्तै वडा नं ४मा ६ जना  कोरोना संक्रमित भएकोमा ३ जना कोरोना जित्न सफल भएको र बाँकी ३ जना सक्रिय संक्रमित रहेको  उल्लेख गरिएको छ , त्यसै गरि वडा नं ५ मा ७ जना कोरोना संक्रमित रहेको मा ७ जनाले नै कोरोना जित्न सफल भएका छन् भने वडा नं ६ मा कुल २१ जना संक्रमित मध्ये ६ जनाले कोरोना जितेको र १५ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा कुल २५ जना कोरोना संक्रमित रहेकोमा १६ जनाले कोरोना जित्न सफल भएको र बाँकी ९ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।त्यसै गरि वडा नं ८ मा कुल ९ जना कोरोना संक्रमित रहेकोमा ९ जना नै कोरोना जितेर फर्किएको जनाइएको छ। त्यसै गरि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा कुल ५४ जना कोरोना संक्रमित मध्ये  ३३ जना कोरोना जितेर घर फर्किएको   र बाँकी २२ जना सक्रिय संक्रमित रहेको जनाइएको छ । त्यस्तै अन्य गरि ५ जनामा कोरोना संक्रमण देखिएकोमा २ जना कोरोना जितेर फर्किएको र ३ जना सक्रिय संक्रमित रहेको  उल्लेख गरिएको छ।

त्यसै गरि सो बिवरणमा  अस्पतालको आइसोलेसनमा पुरुष ८ र महिला ६ जना गरि १४ जना रहेको जनाइएको छ भने घरमा सेल्फ आइसोलेसनमा पुरुष २६ र महिला १३ जना गरि कुल ३९जना रहेको  र  अहिले क्वारेन्टाइन सेन्टर  तथा घर क्वारेन्टाइनमा कोहि पनि नरहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।