यसरी पक्राउ पर्यो कपन आनिगुम्बा बाट फिल्मी शैलीमा १३ लाख ५० हजार लुट्ने गिरोह
कपन अनलाइन
काठमाडौं ,भाद्र २१।
बुढानीलकण्ठ नगरपालिका–११ आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका छन् । कपनको आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका थिए ।
बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने लुटेरा समूहका पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो।
आफु लुटिएको भन्दै बौद्ध प्रहरी वृत पुगेका हाल गोकर्णेश्वर -५ जोरपाटी बस्ने निराहाङ राईको सुचनाका आधारमा हाल टोखा नगरपालिका वडा नं ७ बस्ने बिष्णु थापालाई बौद्ध बाट पक्राउ गरिएको थियो भने हाल गोकर्णेश्वर -८ बस्ने मेख बहादुर तामाङलाई नया बानेश्वर बाट पक्राउ गरिएको थियो।
त्यस्तै निराहाङ राईलाई सानो सुनको डल्ला देखाएर सम्झाउदै लुट्न बोलाउने ठिमी -९ बस्ने रुबेन लामा (गोले ) लाई कौशलटार भक्तपुर बाट पक्राउ गरिएको थियो भने बुढानिलकण्ठ -१० बस्ने आकाश स्यान्ग्बोलाई नगद १० हजार सहित पक्राउ गरिएको थियो।
त्यस्तै बुढानिलकण्ठ -१० बस्ने विकास लामालाई चोरीमा प्रयोग भएको बा २४ प २८६७ नम्बरको मोटर साइकल सहित पक्राउ गरेको प्रहरीको टोलीले गोकर्णेश्वर -१ नया पाटीमा रहेको रुपा गुरुङको घर बाट चोरी गरेर लुकाएको ४ लाख ६३ हजार सहित ८ लाख ७ हजार ५ सय उनीहरु बाट बरामद गरेको छ।
प्रहरीले लुटेरा समुह बाट भाद्र १८ गते बेलुका ५ बजेको समयमा सुक किन्न बोलाएर निराहाङ राईको झोलामा रहेको नगद लुटेर भागेका लुटेरा मध्ये मेख बहादुरले खरिद गरेको प्रदेस ३-०२,०१३ प ३३८० नं को पल्सर मोटर साइकल सहित मोबाइल ४ थान र सिमकार्ड ५ थान पनि बरामद गरेको प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नबिन कार्कीले जानकारी दिएका छन ।
उक्त लुटेरा समुहका हाल काठमाडौं महानगरपालिका वडा नं ७ बस्ने सुजन विक अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ ।