गोकर्णेश्वर नगरपालिका वडा नं ९ पानीखोल्सामा बाटोको बिषयमा विवाद

गोकर्णेश्वर नगरपालिका वडा नं ९ पानीखोल्सामा बाटोको बिषयमा विवाद

कपन अनलाइन
काठमाडौँ, भाद्र २० गोकर्णेश्वर नगरपालिका वडा नं ९ पानीखोल्सामा निर्माण हुन लागेको चिल्ड्रेन पार्कमा बाटो को बिषयमा विवाद भएको छ ।

गोकर्णेश्वर नगरपालिकाले करिब ४९लाख १६ हजार १ सय ११ रुपैया को लागतमा निर्माण गर्न लागेको सो पार्कको कारण बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटार बाट गोकर्ण जाने बाटो नै अवरुद्द हुने देखिएको भन्दै स्थानीयहरु बिरोधमा उत्रिएका छन ।सो बिषयमा हिजो र आज स्थानीयले बिरोध गर्दै गोकर्णेश्वर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । उक्त पार्क निर्माणको जिम्मा रोम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले २०७७ साल जेठ २ गते पाएको हो सो पार्क निर्माण सम्पन्न गर्नु पर्ने मिति २०७७ असोज ३० गते सम्म रहेको छ ।

हिजो बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी, नेकपा काठमाडौं जिल्ला कमिटि सदस्य धुर्बराज न्यौपाने, नेपाली काग्रेस बुढानिलकण्ठ नगर प्रतिनिधि राजाराम बुधाथोकी , नेकपा नेता जीवन राइ लगायत स्थानीयको उपस्थितिमा सो बाटो खुलाउनु पर्ने माग सहित छलफल गर्दै नगरपालिकाको ध्यानाकर्षण गराइएको थियो ।

तपाइँको प्रतिक्रिया ।