कोरोना नियन्त्रणका लागि संसदीय उपसमिति द्वारा सरोकारवाला संग छलफल
कपन अनलाइन
काठमाडौं ,भाद्र २० ।
शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड—१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठक उपसमितिका संयोजक माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा विभिन्न क्षेत्रका प्रतिनिधीहरु संग छलफल गरिएको छ । छलफलमा सरकारले कोभिड—१९ को रोकथाम नियन्त्रण र उपचारको कार्यलाई थप व्यवस्थित गरि प्रभावकारी कार्यान्वयन गर्ने बारे विस्तृत छलफल भएको छ ।
उपसमितिको सो बैठकमा छलफलका लागि स्वस्थ्य सेवा विभाग टेकुका महानिर्देशक डा. दिपेन्द्र रमन सिंह र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. रुना झा, भाइरस विशेषज्ञाहरु डा.महेश मास्के, डा.सुजन वावु मरहठ्ठा, डा. शारद वन्त, डा. अनुप सुवेदी, डा.वासुदेव उपाध्याय आर्युवेदिक तथा वैकल्पिक चिकित्सा हुनु हुन्थ्यो भने उधोग वाणिज्य महासंघको तर्फबाट प्रतिनिधीको रुपमा उपाध्यक्ष उमेश लाल श्रेष्ठको उपस्थिती रहेको थियो ।
बैठकमा उपसमितिका माननीय सदस्यहरु—अन्जना विशखे, एकलाल मियाँ, सरिता न्यौपाने र शान्त कुमार चौधरी, समितिका सचिव पुश्प प्रकास खनाल र कर्मचारीहरु अमित कुमार यादव, नारायन श्रेष्ठको उपस्थिती रहेको थियो ।