कागेश्वरी मनोहरा नगरपालिकाको कुन वडामा कति संक्रमित ?

कागेश्वरी मनोहरा नगरपालिकाको कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौँ, भाद्र १९ ।कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कोरोना बिवरण सार्वजनिक गरेका छन्। बिहिबार सामाजिक संजाल फेस बुक मार्फत उनले नगरपालिका भित्र कोरोना संक्रमणको अवस्थाको बारेमा सामाजिक संजाल मार्फत जानकारी गराएका हुन्।

उनलेमिति २०७७ बैशाख १ गते देखि २०७७ भाद्र १८ गते सम्म कागेश्वरी मनोहरा नगरपालिका मा कोरोना संक्रमितको वडागत बिवरण जानकारी गराएका हुन्  । भाद्र १८ गते सम्म कागेश्वरी मनोहरा नगरपालिका भित्र  २८३७ जनाको पिसिआर परिक्षण गरिएको  जसमा १३४४ जनाको आर डीटि गरिएको जानकारी गराएका छन्।

उनले हाल आर डीटि परिक्षण बन्द गरिएको पनि जानकारी दिदै वडा नं. १ मा ५ जना पोजेटिभ भेटिएकोमा  ४ जनाले कोरोना जितेको जानकारी गराए । त्यसै गरि) वडा नं. २ मा ३ जनापोजेटिभ देखिएकोमा हाल  ३ जनै ले कोरोना जितेका छन्  त्यस्तै  वडा नं. ३ मा १ जना कोरोना पोजेटिभ भेटिएको र हाल सो ब्यक्ति पनि कोरोना मुक्त भएको जानकारी गराएका छन् भने वडा नं. ४ मा ६ जना कोरोना संक्रमित मध्ये  ३ जना कोरोना मुक्त भएको त्यस्तै  वडा नं. ५ मा ७ जना संक्रमित भेटिएकोमा  सबै आइसोलेसनमा  रहेको जानकारी गराए । त्यसै गरि  वडा नं.६ मा १४ जना कोरोना संक्रमित मध्ये  ८ जना कोरोना मुक्त भएको  जानकारी दिदै वडा नं. ७ मा २५ जनाकोरोना संक्रमित भेटिएकोमा  १६ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी गराए।

 उनले वडा नं. ८ मा ९ जना कोरोना संक्रमित भेटिएकोमा हाल सबैको रिपोर्ट नेगेटिभ आएको उनले उल्लेख गरेका छन । त्यसै गरि वडा नं. ९ मा ४६ जनाकोरोना संक्रमित मध्ये  ३३ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै  अन्य नगरपालिका बाट ५ जनाको  गरि जम्मा १२१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराउदै हाल ७५ जना होम आइसोलेसनमा रहेको  ३८ जना बिभिन्न अस्पतालमा र थप  ७ जना गरि कुल ४५ जना आइसोलेसनमा रहेको  जानकारी गराए।

उनले  सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिदै हाल सम्म कागेश्वरी मनोहरा नगरपालिका भित्र एक जना दिर्घ रोगीका कोरोना संक्रमितको मृत्यु भएको जानकारी गराएका छन्  ।

तपाइँको प्रतिक्रिया ।