टोखा -६ मा श्रीमानको आक्रमणमा परेर एक महिला गम्भीर घाइते
कपन अनलाइन
काठमाडौं ,भाद्र १९। शोभा तामांग /जय न्यौपाने
धापासी वडा-६ मा स्थानीय विष्णु प्रसाद कट्टेलको घरमा डेरा गरि बस्ने साना होटेल व्यावसायि हर्क बहादुर तामाङले आफ्नै श्रीमती अनिता तामाङको रेन्चुले हानी गम्भीर घाइते बनाएका छन् । घाइते अनिताको यतिबेला महाराजगन्ज शिक्षण अस्पतालमा उपचार हुँदैछ भने दोषी हर्कबहादुर प्रहरी हिरासत महाराजगन्जमा छन्।
स्थानीय बासीका अनुसार उनिहरुको बिगतदेखी नै मनमुटाव हुँदै आएको र हातहालाहाल पनि हुने गरेको छ। हर्क बहादुर मानसिक समस्याबाट गुज्रिरहेको पनि खुल्नमा आएको छ। उनले केही समयअघि आफै छ्तबाट हाम फालेर खुट्टा भाचिएको र कृष्णजन्माष्टमीको दिन आफ्नै हात काटेको पनि स्थानीय बासीले जानकारी दिएका छन् ।
स्थानीयहरुका अनुसार हर्क बहादुरले मानसिक समस्याको कारण आफ्नो अगाडि मान्छे भिडभाड भएको जस्तो देख्ने, आफुलाइ मार्न आयो भनेर चिच्याउने ,कराउने, दौडिने जस्ता व्यवहारहरु देखाउदै आएका थिए ।
हर्क बहादुरको आमा रस्मी तामाङका अनुसार छोरा जेठ देखि नै मानसिक समस्या देखिएको र रक्सी खाएपछि पागल जस्तै हुने गरेको बताउनु भयो। अस्पतालका डाक्टरको अनुसार पनि हर्क बहादुरले लगातार रक्सी सेबन गरेमा छिट्टै पागल समेत हुने जानकारी गराउनु भएको थियो र बुहारी अनिताले पनि आफ्नो ज्यानको खतरा भएको र आफुलाइ छुट्टै राखिदिन अनुरोध गरेको पनि सासुले बताउनु भयो।
महाराजगन्ज प्रहरीका अनुसार हर्क बहादुर तामाङलाई पाटन हस्पिटल लगि उपचार गराइने र ठिक भएपछि आवश्यक कानुनी कारबाही गराउने व्यहोरा व्यक्त गरिएको छ ।
(शोभा तामांग /जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )