स्वास्थ्य सामाग्री सहित घरमा जनप्रतिनिधि देख्दा उत्साहित बने बुढानिलकण्ठ -९ का संक्रमित

स्वास्थ्य सामाग्री सहित घरमा जनप्रतिनिधि देख्दा उत्साहित बने बुढानिलकण्ठ -९ का संक्रमित

कपन अनलाइन

काठमाडौं ,भाद्र १९।

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सामाग्री र प्रोत्साहन रकम वितरण कार्य सुरु भएसँगै   वडा नं ९ का जनप्रतिनिधिहरु संक्रमितको घरघरमा पुगेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का अध्यक्ष राजेन्द्र सापकोटा , नगर कार्यपालिका सदस्य सुमित्रा पाण्डे ,सदस्य परशुराम कार्की ,लड्डु खड्का

सहितका जनप्रतिनिधिहरुले होम आइसोलेशनमा बसेका संक्रमितको घरघरमा पुगेर आवश्यक स्वास्थ्य र मनोवैज्ञानिक परामर्श , स्वास्थ्य सामाग्री तथा उनीहरुको लागी सन्तुलित र पौष्टिक भोजनका लागी रकम वितरण गरेका थिए ।

बुढानिलकण्ठ  नगरपालिकाले सन्तुलित र पौष्टिक भोजनका लागी दिइने खर्च अनुरुप परिवारमा १ जना मात्र संक्रमित भएकोलाई रु ४००० , एकजना भन्दा बेसी संक्रमित भएको परिवारलाई एकमुष्ट रु ६००० र संक्रमितको सहयोगीलाई २००० दिने व्यवस्था गरेको छ ।

तपाइँको प्रतिक्रिया ।