राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको लापरबाही प्रति नागार्जुन नगरपालिकाको गम्भीर ध्यानाकर्षण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको लापरबाही प्रति नागार्जुन नगरपालिकाको गम्भीर ध्यानाकर्षण

कपन अनलाइन

काठमाडौँ, भाद्र १९ ।नागार्जुन नगरपालिकाले प्रेस बिज्ञप्ति जारि गरेको छ ।बिहिबार नगर उप प्रमुख शुशिला अधिकारीले जारि गरेको उक्त बिज्ञप्तिमा भनिएको छ, नागार्जुन नगरपालिकाका नगर प्रमुख वडा अध्यक्ष कर्मचारीहरु तथा नगरबासीहरु गरि ९३ जनाको  भाद्र १२ गते कोरोना परिक्षणको लागि स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको लागि पठाइएकोमा ९३ जना मध्ये उक्त दिन पि सि आर परिक्षण गराएका वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीको  मिति  २०७७/ भाद्र १६ गते बेलुका ६:५ बजे पोजेटिभ रिपोर्ट देखिन आएको र मिति २०७७/भाद्र १७ गते हिमालय टेलिभिजनमा प्रसारित कोरोना परिक्षणमा केन्द्रीय प्रयोगशालाकै बदमासी, डेढ सयको परिक्षण नै नगरी रिपोर्ट भन्ने समाचार बाट १५० जनाको नमुना परिक्षण नगरी रिपोर्ट पठाइएको भन्ने जानकारी प्राप्त भएकोले एकै व्यक्तिको एक पटक नेगेटिभ र अर्को पटक पोजेटिभ रिपोर्ट प्रेसित गर्ने जस्ता कार्य प्रति नागार्जुन नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरीएको छ।

 साथै उक्त प्रेस बिज्ञप्तिमा भनिएको छ उक्त दिन परिक्षण गरिएका ९३ जना सहित जन प्रतिनिधि तथा कर्मचारीको सम्पर्क आएका ब्यक्तिहरुले पनी पुन परिक्षण गर्न नमुना परिक्षण गर्ने व्यवस्थाको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई अनुरोध गरिएको उल्लेख छ। साथै नागरिकको जन स्वास्थ्य जस्तो संबेदनशील बिषय तथा हालको कोभिड १९ कोरोना महामारीको समयमा प्राबिधिक त्रुटी वा मानबिय कमजोरीको नाममा यस प्रकारको गम्भीर गल्ति नगर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य सेवा बिभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ समेत अनुरोध गरिएको छ ।

सो बिज्ञप्तिमा भनिएको छ, उक्त दिन परिक्षण गर्ने नगर प्रमुख वडा अध्यक्ष लगायत ब्यक्तिहरु हाल होम क्वारेन्टाइन बस्नु भएकोले नगर प्रमुख उप प्रमुख वडा अध्यक्ष  कार्यपालिका सदस्य तथा कर्मचारीहरु  संग निकट सम्पर्कमा रहेका नगरबासीहरुलाई समेत होम क्वारेन्टाइनमा बसी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अभियानमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।बिज्ञप्तिमा भनिएको छ कोभिड १९ संक्रमण बाट आफु बचौ, अरुलाई पनि बचाउ ।

तपाइँको प्रतिक्रिया ।