कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ७ मा आकस्मिक रक्तदान हुने

कपन अनलाइन

काठमाडौं,भाद्र १७ ।  कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ७ मा आकस्मिक रक्तदान हुने भएको छ  ।सुर्य संदेश बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि २अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं फुलबारी  सहआयोजक रहेर रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा   भाद्र २० गते शनिबार  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ को मनमोहन (फोर्स पार्क) मा  आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बिहान ७ :३०  बजे देखि बिहान १०:३०  बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन हुने उक्त रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ।कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ।

तपाइँको प्रतिक्रिया ।