सामुदायीक अस्पताल आइसोलेसन केन्द्र तारकेश्वर-१ को निरीक्षणमा सांसदहरु

सामुदायीक अस्पताल आइसोलेसन केन्द्र तारकेश्वर-१ को निरीक्षणमा सांसदहरु

कपन अनलाइन 

काठमाडौं ,भाद्र १६। सुजित पुडासैनी / उषा फुयाँल

तारकेश्वर नगरपालिका वडा नं १ मा रहेको सामुदायिक अस्पतालमा स्थापना गरिएको आइसोलेसन केन्द्रको प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्यहरुले निरीक्षण गरेका छन।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्ण राई,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८  बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने , बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले सो आइसोलेसन केन्द्रको निरीक्षण गरेका थिए।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा ,उपप्रमुख भवानी डोटेल ,प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल ,  स्वास्थ्य शाखा प्रमुख जनार्दन अधिकारी लगायतको उपस्थितिमा ५० बेड क्षेमताको सो आइसोलेसन केन्द्रको निरीक्षण गरिएको थियो।

करिव ७ रोपनी क्षेत्रफल रहेको सो सामुदायिक अस्पताललाई नगर अस्पतालका रुपमा विस्तार गर्नका लागि बागमती प्रदेस सरकारलाई अनुरोध गरेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले हाल १४ बेड तयार गरिएको सो केन्द्रमा ५० भन्दा बढी बेड राख्न सकिने तयारी गरेको जानकारी दिएका छन।

तारकेश्वर नगरपालिकामा हाल सम्म १०५ संक्रमित रहेको जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख जनार्दन अधिकारीले ५५१ जनाको PCR परिक्षण गरिएको बताएका छन।

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने २५ जनाले कोरोनालाई  जितेका छन।

(सुजित पुडासैनी / उषा फुयाँल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

 

 

तपाइँको प्रतिक्रिया ।