जन्मदिनको अबसरमा बालगृहका बालबालिकालाई सहयोग

जन्मदिनको अबसरमा बालगृहका बालबालिकालाई सहयोग

कपन अनलाइन

काठमाडौं ,भाद्र १४।  निशा बराल/ शिरिष पौडेल

हामी आफ्नो जन्मदिन कसरी मनाउँछौ ? यो प्रश्नको उत्तर सबैको फरकफरक हुन्छ । फरकफरक तरिकाले आफ्नो जन्मदिन मनाइने भएपनि मुख्यत: आजभोली गाउँदेखि सहरसम्म प्राय सबैले आफ्नो प्रीय मान्छेहरुसँग बसेर पार्टी गरेर , महँगो पैसा खर्च गरेर मनाउने गर्छन । बुढानिलकण्ठ २ माहादेव कोलोनी निवासी हिमाल जङ्ग क्षेत्रीले पनि त्यसै गर्थे ।

तर यो वर्ष भने उनले केही फरक र केही उदाहरणनीय काम गरेका छन् । जन्मदिनमा गरिने फजुल खर्चलाई न्युनिकरण गर्दै सामाजिक क्षेत्रमा गरिने सकारात्मक कार्यलाई आत्मसाथ गरेर बु.न.पा -२ निवासी हिमाल जङ्ग क्षेत्रीले आफ्नो २३ औ जन्मजयन्तीको अबसरमा बुनपा-३ मा रहेको नव युवा बालसुधार समाजका बालबालिकाहरुलाई १० हजार बराबरको खाद्यान्न सहयोग गरेर मनाएका छन् ।

“ हामीलाई अलि अगाडि देखिनै छोराको जन्मदिन यसरी मनाइदिने इच्छा थियो । अवसर मिलेको थिएन , कोरोनाले अवसर जुरायो । ” हिमालका बुवा राजकुमार क्षेत्री र आमा माया क्षेत्री बताउँछन् ।” “ भोज भतेर गरेर जन्मदिन मनाउँदा एकछिन रमाइलो हुन्थ्यो र गर्न   सक्किन्थ्यो , तर सहयोग गरेर मनाउदा खुसी लाग्दो रहेछ , छुट्टै आनन्द महसुस हुँदोरहेछ । ”

हिमाल भन्छन ,”  सेवालाई  नै धर्म मान्दै अरुको भलो गरे आफ्नो भलो हुन्छ ठान्नु नै महानता हो । आखिर नदिहरु अरुको भलाईको लागी बगिदिन्छन् र वृक्षले अरुहरुकै लागी फल दिन्छन् ।”

(निशा बराल/ शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

तपाइँको प्रतिक्रिया ।