गोकर्ण प्राथमिक अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण ,८५ जनाको स्वाव संकलन
कपन अनलाइन
काठमाडौं ,भाद्र १४।
केही दिन अघि गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्ण प्राथमिक अस्पतालमा कार्यरत एक जना डाक्टर सहित दुई जनामा कोरोना संक्रमण देखिएपछि आज नगरपालिकाले प्राथमिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी को “कन्ट्याक्ट् ट्रेसिङ्ग” गरि संक्रमितको सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिएको छ।
गोकर्ण प्राथमिक अस्पतालमै गरेको स्वाब संकलनमा नगरपालिका कै वडा नं ६, ५ र ४ का कोरोना संक्रमित सङ्ग सम्पर्कमा आएकाहरुको पनि आजै स्वाब संकलन गरिएको स्वास्थ्य शाखाले बताएको छ ।
आज वडा नं ६, ५ र ४ अनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी गरि जम्मा ८५ जनाको आज पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको हो । पिसिआरको नतिजा नआउन्जेल आज स्वाब दिने सबैलाइ घरमै सुरक्षीत रहन पनि नगरपालिकाले अनुरोध गरेको छ।
हाल नगरपालिकाको वडा नम्बर ६ र ५ मा सर्बाधिक कोरोना सन्क्रमित रहेका छन् भने वडा नम्बर ४ मा समुदाय स्तर मै कोरोना फैलने जोखिम रहेको छ।