गोकर्णेश्वर नगरपालिका आम नगरबासीको स्वास्थ्य प्रति सजग र संबेदनशील छ : उप प्रमुख शान्ती नेपाल

गोकर्णेश्वर नगरपालिका आम नगरबासीको स्वास्थ्य प्रति सजग र संबेदनशील छ : उप प्रमुख शान्ती नेपाल

कपन अनलाइन

काठमाडौं, भाद्र १४। गोकर्णेश्वर नगरपालिका कि उपप्रमुख शान्ती नेपालले नगर बासीलाई कोरोना बाट त्रसित नभई आवश्वयक सुरक्षा मापदण्ड पालन गर्नको लागि अनुरोध गरेकी छिन। उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारी बाट उपत्यका लगायत गोकर्णेश्वर नगरपालिका पनि अछुतो रहन नसकेको बताउदै नगरपालिकालाइ कोरोना मुक्त नगर बनाउनको लागि प्रयास जारी राख्दा राख्दै पनि केहि मानिसहरुमा संक्रमित  भेटिएको बताइन ।

 कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन-प्रति दिन बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत हुनु पर्नेमा जोड दिएकी छिन् । उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताएकी हुन्। उनले सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै   यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेर्न उनले  अनुरोध गरेकी छिन्  ।

सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ,” उप प्रमुख नेपालले भनिन ।, कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन उनले अनुरोध गरेकी छिन ।

उनले गोकर्णेश्वर नगरपालिकामा कोरोना रोकथामको लागि नगर प्रमुख सन्तोष चालिसेको  संयोजकत्वमा नगर विपद व्यवस्थापन समिति  गठन गरि उपयुक्त कार्य गर्दै आएको जानकारी गराउदै नगरपालिका भित्रका प्रत्येक वडामा  वडा अध्यक्षको संयोजकत्वमा वडा विपद व्यवस्थापन समिति गठन गरि सोहि अनुसार कार्य भईरहेको बताइन ।

उनले नगर भित्र  १३ जना विशेषज्ञ डाक्टर सहितको र्यापिड रेस्पोन्स टिम गठन गरि निरन्तर काम गरिरहेको र प्रत्येक वडामा तालिम प्राप्त स्वयम् सेवक टिम गठन गरि आवश्यकता अनुसार परिचालन भएको जानकारी दिदै नगरपालिका अन्तर्गतको सहयोगी माबी र ओख्रेनी माबीमा क्वारेन्टाइन बनाइ विदेश बाट आएका ब्यक्तिहरुलाई १४ दिन सम्म राखी व्यवस्थापन गरिएको पनि जानकारी गराइन ।

उनले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्नको लागि संक्रमित ब्यक्तिहरुको सम्पर्कमा  रहेका ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिंग गरि  नगरपालिका भित्र रहेका गोकर्ण प्राथमिक अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर् अस्पताल बाट पी सी आर परिक्षणको लागि स्वाब संकलान गरिदै आएको र हाल गोकर्ण प्राथमिक अस्पतालमा प्रत्येक आइतबार आवश्यकता अनुसार पिसीआर परिक्षणको लागि स्वाब संकलन गरिरहेको बताइन।

उनले नगरपालिका भित्रका जनतालाई २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा पुर्याउन एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिदै स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा वडा अध्यक्षहरु नेपाली सेना नेपाल प्रहरीको प्रतिनिधि सहितको कुइक रेस्पोन्स टिम गठन गरि निरन्तर काम भई रहेको पनि जानकारी गराइन।

उनले  संक्रमित ब्यक्तिहरुको उपचार तथा आम स्वास्थ्य सुरक्षाका लागि नेपाल मेडिकल कलेजमा सय बेडको आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको जानकारी दिदै उप प्रमुख नेपालले गोकर्णेश्वर नगरपालिका वडा नं ४  स्थित सहिद पार्कमा नगरपालिका र लायन्स क्लबको संयुक्त पहलमा सुबिधा सम्पन्न ७५ बेडको आइसोलेशन कक्ष संचालनको  अन्तिम चरणमा पुगेको पनि जानकारी गराइन।

त्यसै गरि उनले  कोरोना भाइरस कोभीड१९ संक्रमण रोकथाम ,उपचार तथा व्यवस्थापन मार्ग दर्शन २०७६ तयारी गरि लागु गरिएको जानकारी दिदै  नगरपालिका क्षेत्र भित्रका तथा छिमेकि अस्पतालहरु संग समन्वय गरि संक्रमणको जोखिम न्यूनिकरण गर्न उपयुक्त पहल गरिएको पनि जानकारी  गराइन ।

उनले पुन नगर बासीलाई अनुरोध गर्दै कोरोना भाइरसको संक्रमणको यस अवस्थामा आम नगरबासीहरु आ आफ्नो घर भित्र सुरक्षित रुपमा बस्न अनुरोध गरेकी छिन । त्यसै गरि उप प्रमुख नेपालले नगरपालिका बाट प्रत्येक आइतबार पीसी आर परिक्षण हुने भएकोले संक्रमणको शंका  भएका तथा आवश्यक देखिएका ब्यक्तिहरुले नगरपालिकाको कार्यालयमा सम्पर्क गरि लाभ लिन पनि अनुरोध गरेकी छिन भने यस विषम परिस्थितिमा नगरबासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिका संबेदनशील भइरहेको हुँदा  कोरोना नियन्त्रण तथा रोकथामको लागि सबै नगरबासीहरुको साथ र सहयोग आवश्यक  रहेको बताएकी छिन् ।

तपाइँको प्रतिक्रिया ।