निषेधाज्ञा पूर्णरुपमा पालना गरौ : रमा देवी राई (उपप्रमुख ,बुढानिलकण्ठ नगरपालिका )

निषेधाज्ञा पूर्णरुपमा पालना गरौ : रमा देवी राई (उपप्रमुख ,बुढानिलकण्ठ नगरपालिका )

कपन अनलाइन

काठमाडौं भाद्र १३ ।

बुढानिलकण्ठ नगरपालिकाकि उपप्रमुख रमा देवी  राइले उपत्यका एबम बुढानिलकण्ठ नगरपालिका भित्र पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको हुँदा नगरबासीलाइ सजक एबम संयमित हुन अनुरोध गरेकी  छन ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन-प्रति दिन बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत हुनु पर्नेमा जोड दिदै सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताएकी छिन ।

उनले कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्ने हुँदा सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेर्न उनले अनुरोध गरेकी छिन् ।

उपत्यका संगै बुढानिलकण्ठ नगरपालिका कोरोना संक्रमण बाटपनि अछुतो रहन नसकेको बताउदै नगरलाइ कोरोना मुक्त नगर बनाउनको लागि प्रयास जारी राख्दा राख्दै पनि केहि मानिसहरुमा संक्रमित भेटिएको बताइन ।

उनले कोरोना रोकथामको लागि नगरपालिका सिंगो टिम लागि परेको जानकारी गराउदै नागरिकले सरकारको निर्देशन मात्र पालना गरे कोरोना रोकथामको लागि सहज हुने बताएकी छिन।

उनले कोरोना रोकथामको लागि गरिएका प्रयासमा भएका कमजोरीहरु जनताले औल्याउदिए त्यसलाई सच्याउदै लान सकिने बताइन ।नकारात्मक टिका टिप्पणी समस्याको समाधान होइन भन्दै उनले कोरोना रोकथाम संगै विकास निर्माणलाइ पनि प्राथमिकतामा राख्नु पर्ने बताइन ।

उनले सकारात्मक र रचनात्मक सुझाब दिन नगरबासीलाई अनुरोध गर्दै कोरोना रोकथामको लागि नागरिक पनि एक जुट हुनु पर्ने बताइन । बुढानिलकण्ठ नगरपालिकाले आइसोलेसन निर्माण र कन्ट्याक्ट ट्रेसिग गर्ने काममा लागि परेको समेत जानकारी गराइन। संक्रमण जो कसैलाई पनि हुने भएकोले सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ,” उप प्रमुख राइले भनिन ।,

कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन उनले अनुरोध गरेकी छिन । जोखिम बढे संगै अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको पनि उनि बताउछिन् ।

उनले अहिले लापरवाही गर्ने समय नभएको भन्दै सानो भूलले ठूलो समस्या पर्न सक्छ,त्यसैले पहिले आफैं सचेत बन्न र अरुलाई समेत सचेत गराउन उनले अपिल गरेकी हुन् ।

तपाइँको प्रतिक्रिया ।