बागमती प्रदेस कोरोना प्रकोप नियन्त्रणको पूर्ण तयारी गरेका छौ : मन्त्रि युवराज दुलाल
कपन अनलाइन
काठमाडौँ, भाद्र १४ ।
बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल र प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल सहितको उपस्थितिमा काठमाडौंका प्रदेश सभा सदस्यहरु बीच काठमाडौंमा शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलालले बागमती प्रदेशले कोरोना रोकथामका लागि गरेका प्रयासहरुको बारेमा जानकारी गराएका थिए ।
उनले प्रदेश सरकारका अस्पताल अन्तरगत रहेका आइसोलेसनको बारेमा जानकारी गराउदै मकवानपुरमा आइसियु १० सहित २३० वटा आइसोलेसन बेड निर्माण गरेको त्यसै गरि सिन्धुलीमा आइ सियु ५ वटा सहित १०० बेडको आइसोलेसन, रामेछापमा ५० , दोलखामा ३०, सिन्धुपाल्चोकमा ५० भक्तपुर अस्पतालमा अहिले एनआइसीयू ६ र भेन्टिलेटरसहितको आइसीयू ६ बेड संचालनको तयारीमा रहेको जानकारी गराए ।
अहिले २० बेड भक्तपुर अस्पतालको कोभिड ब्लकमा र २ सय बेड खरिपाटीस्थित आइसोलेसनमा संचालनमा आइसकेको छ । खरिपाटीमा अब ३ सय बेडको आइसोलेसनको संचालनका लागि प्रदेश सरकारले काम अघि बढाएको हो ।
प्राधिकरणसँगको समन्वयमा थप ३ सय बेड थप गरेर ५ सय बेड पुर्याइने मन्त्री दुलालले बताए । त्यस्तै उनले नुवाकोटमा आइ सी यु ३ सहित ५० वटा बेड , रसुवामा २५ बेड र धादिंगमा आइ सी यु ३ सहित ५० वटा आइसोलेसन बेड तयार गरिएको जानकारी गराए ।
प्रदेश सरकार सङ्कलित स्वाबको २४ घण्टाभित्र कसरी रिपोर्ट दिन सकिन्छ भनेर अध्ययन गरिरहको जानकारी समेत दिए ।’ ‘प्रयोगशालाहरुको अवस्था बुझ्ने र अवश्यकता अनुसार पिसिआर परिक्षण ल्याब थप सञ्चालन गर्दै लैजाने योजना रहेको पनि बताए ।’
मन्त्री दुलालले धुलिखेल प्रयोगशाला सहित बागमती प्रदेशमा हालसम्म २२ वटा पिसिआर ल्याबबाट कोभिड–१९ को परिक्षण भइरहेको जानकारी दिदै । उनले केही दिनभित्र भक्तपुर, सिन्धुली, नुवाकोट र हेटौँडामा थप पिसिआर ल्याब सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए।