जंघार तर्नेले खुट्टा कमाउनु हुदैन : प्रदेस सभा सदस्य मणिराम फुयाल

जंघार तर्नेले खुट्टा कमाउनु हुदैन : प्रदेस सभा सदस्य मणिराम फुयाल

कपन अनलाइन

काठमाडौँ, भाद्र १४ ।

बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल र प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल सहितको उपस्थितिमा काठमाडौंका प्रदेश सभा सदस्यहरु बीच काठमाडौंमा शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य मणिराम फुयालले कोरोना रोकथामको लागि लामो समय लकडाउनको अभ्यास गरेको त्यो बेलामा काम नपाएका मानिसहरुले खान नपाएका कुरा ,साधन नपाएर पुर्वका मानिस पश्चिम हिड्दै गरेको त्यो खालको तस्बिर हिजोका दिनमा देखेको , भोगको र बेहोरेको स्मरण गरेका थिए ।

तर अहिले निषेधाज्ञा भनिएको छ, परिवेश परिस्थिति उसको आफ्नो अनुकुलता प्रतिकुलता कुन अवस्थामा उभिएर उसले के गरिरहेको छ के गर्न खोजेको छ भन्ने कुरा हेरिएन भने के गरिरहेको छ भनेर हेरियो भने त्यो न्याय पूर्ण नहुने बताएका थिए  ।

उनले अग्रेजी बाजा बजाईदिने अनि झ्याउरे तालको नाच खोजेर हुन्छ भन्दै उनले प्रदेशले केन्द्र संग अहिले भर्खरै अभ्यासमा संघियता रहेको अधिकारमा दुनियामा आज सम्मको इतिहासमा कहिँ कतै कसैले मागेर पाएको कहिँ छ भने अपबादको रुपमा होला त्यति आफुलाई थाहा नपाएको बताए ।

उनले अभ्यासमा जानु पर्छ भन्दै अहिले राम्रो कुरा आयो काठमाडौं नेसनल अस्पतालको सुन्दा पनि भोलि देखि नै प्रदेशले आइसोलेसन चलाई दिई हाले हुन्थ्यो जस्तो हुटहुटि भित्र बाट लागेको भन्दै शुरु गरि हाल्न अनुरोध गरेका थिए ।

मुलपानी प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पताल भनिएको छ गत साल राज्य मन्त्रिले रकम पनि हालिएको स्मरण गर्दै नगरपालिकाले थोर बहुत पैसा छुट्याएर राखेको छ कसले के भन्नु भनि राखून त्यहाँ सरकारले अहिले गरेको आइसोलेसन बेडको परिभाषा अनुसार नै मानिसलाइ राखेको जानकारी गराउदै भन्नलाइ क्वारेन्टाइननै भनेको जानकारी गराए ।

परिस्थितिले मागे पछि मानिसले भूमिका निर्वाह गर्ने भन्दै खुट्टा कमाएर जंघार नतरिने उनले बताएका छन । उनले आँट गर्न अनुरोध गर्दै कि भारि बोकेर उकालो चढीन्छ होइन भने भारि बिसाउनु पर्ने सुझाब दिदै आफुहरु त्यो भारि बोक्न तयार रहेको भन्दै मुख्य मन्त्रिलाइ आँट गर्न अनुरोध गरेका थिए ।

अहिले प्रदेशले जे जति गर्न खोजेको छ, त्यो पर्याप्त नभए पनि जुन हिसाबले प्रदेश अघि बढेको छ त्यसमा आलोचना गर्ने ठाउ आफुले नदेखेको बताए प्रदेशले प्रदेश सभा सदस्यहरुको पनि पनि भूमिका देखिनु पर्नेमा जोड दिएका थिए । उनले केन्द्र संग माग गर्दै अभ्यासमा अघि बढ्नु पर्ने बताए। उनले प्रदेश सभा सदस्यहरु तयार रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।