सज्जा चौलागाई बनिन नेपाल आइडल सिजन ३ को बिजेता

सज्जा चौलागाई बनिन नेपाल आइडल सिजन ३ को बिजेता

कपन अनलाइन

काठमाडौं भाद्र १३ ।सज्जा चौलागाई रियालिटी शो नेपाल आइडल सिजन ३को  बिजेता घोषित भएकी छन् ।एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८:३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा मोरङ पथरी शनिश्चरे घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा  बस्दै आएकी  सज्जा चौलागाई रियालिटी शो नेपाल आइडल सिजन ३ बिजेता घोषित भएकी हुन् ।

शुक्रबार साँझ  भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् ।उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरेकी छन् । फस्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

जन्म घर मोरङ भए पनि  बुवा आमा  संगै काठमाडौंको गोकर्णेश्वर नगरपालिका जोरपाटीमा  बस्दै आएकी  सज्जाले प्लस टु इस्टपोल माबी  जोरपाटी नारायणटार  बाट पुरा गरेकी  छिन ।बाल्यकालदेखि नै अध्ययनसँगै गायनमा रुचि राख्ने सज्जाले इस्टपोल स्कुलमा कक्षा ८ मा पढ्दा भएको गायन प्रतियोगितामा तारा देवी र कुन्ती मोक्तानको हातबाट गोल्डेन मेडल (प्रथम स्थान) हाशिल गरेकी  थिइन्।

सज्जा चौलागाई आफ्नो दरिलो र मिठासपुर्ण आवाजका कारण सबै दर्शकको मन जित्न सफल भएकी छिन । उनको कला र गलाको जादुले दर्शक मात्र हैन निर्णायकहरुको समेत माया पाउन सफल भएकी छन । सज्जा हजारौ  प्रतिस्पर्धीलाइ  पछि पार्दै नेपाल आईडल सिजन ३ की एक्ली महिला प्रतिस्पर्धी बनेकी  थिइन् ।

कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो ।फाइनलमा पुगेका सज्जा, प्रविण र किरण मध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए ।कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो।

 

तपाइँको प्रतिक्रिया ।