कोरोना संक्रमित बढे संगै सजक एबम संयमित हुन गोकर्णेश्वर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको अनुरोध

कोरोना संक्रमित बढे संगै सजक एबम संयमित हुन गोकर्णेश्वर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको अनुरोध

कपन अनलाइन

काठमाडौँ, भाद्र १३।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उपत्यका एबम गोकर्णेश्वर वडा नं ४ भित्र पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको हुँदा  वडा बासीलाइ सजक एबम संयमित हुन अनुरोध गरेका छन ।उनले सामाजिक सञ्जाल मार्फत आवश्यक सावधानी अपनाउन वडाबासीमा अपिल गरेका हुन् ।

कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन-प्रति दिन बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत हुनु पर्नेमा जोड दिएका  छन् । उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताएका छन  । उनले कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्ने हुँदा  सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै  यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेर्न उनले  अनुरोध गरेका  छन्  ।

उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारी बाट उपत्यका लगायत गोकर्णेश्व  नगरपालिका वडा नं ४  पनि अछुतो रहन नसकेको बताउदै वडालाई  कोरोना मुक्त वडा  बनाउनको लागि प्रयास जारी राख्दा राख्दै पनि केहि मानिसहरुमा संक्रमित  भेटिएको बताए  ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि निर्धारण गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना  गर्न अनुरोध गर्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन पनि उनले अनुरोध गरेका छन ।उनले कही कतै त्यस्ता संकास्पद ब्यक्ति सम्पर्कमा आएको छ भने तत्काल उनले जनप्रतिनिधि  वा सुरक्षाकर्मीलाइ खबर गर्न अनुरोध गरेका छन्   ।

सम्पर्क नम्बर :
श्रीकुमार श्रेष्ठ वडा अध्यक्ष ९८४१३९७१०६
बाल कृष्ण श्रेष्ठ वडा सदस्य ९८४१२६३०२०
जयराम महत वडा सदस्य ९८४९२२८३८७
उमा थापा वडा सदस्य ९८४०४४५१९९
बिष्णु सुनाम वडा सदस्य ९८०३१४८७६८
गोकर्ण प्रहरी ९८५१२८९९९७

मा खबर गर्न पनि उनले अनुरोध गरेका छन् ।

 

 

तपाइँको प्रतिक्रिया ।