गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, भाद्र ११। गोकर्णेश्वर नगरपालिका वडा नं ३ले सार्वजनिक सुचना जारी गरेको छ।
वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी द्वारा जारी गरेको उक्त सुचनामा विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रकोपलाइ मध्यनजर गर्दै मिति २०७७ साल भाद्र १० गते बसेको वडाको बिपत व्यवस्थापन समिति तथा स्थानीय सरोकार समितिका प्रतिनिधिहरुको संयुक्त उपस्थितिबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ भित्र अत्यावश्यक खाद्यान्न औषधी पसल बाहेक सम्पूर्ण मदिरा पसल, होटल, चिया पसल र अनावश्यक मानिसहरुको आवतजावत बन्द गर्ने गराउने साथै वडा भित्र रहेका खोला खोल्चा, खहरे बाट अवैध रुपमा बालुवा झिक्ने कार्य र सो वडाका सबै किसिमका जग्गा खण्डीकरण कार्य हालको लागि बन्द गरिएको हुँदा कुनै पनि खालका भारी उपकरणहरु प्रयोग नगर्ने नगराउने निर्णय भएको उल्लेख गरिएको छ। साथै सोहि सुचना मार्फत सो सुचनाको अवेज्ञा गरि नेपाल सरकार बाट निषेध गरिएका बन्द ब्यापारहरु गरे गराएमा कानुन बमोजिम सजाय हुने व्यहोरा समेत उक्त सुचनामा उल्लेख गरिएको छ ।